चरिकोट घटना छानवीन गर्न दुइवटा समिति गठन



Download our app to get more features

काठमाडौं, १४ असोज । चरिकोट घटनाको सम्बन्धमा छानविन गर्न स्वास्थ्य मान्त्रालय र गृह मन्त्रालयले छुट्टाछुट्टै समिति गठन गरी घटनाको छानविन सुरु गरेको छ । 

स्वास्थ्य मन्त्रालयद्धारा गठित समितिमा मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा रमेशविक्रम सिंहको संयोजकत्वमा उपसचिव कृष्णप्रसाद लम्साल र शाखा अधिकृत दिपक रिजाल रहेका छन् । त्यसैगरी गृह मन्त्रालयबाट गठित समितिमा सहसचिवको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयको उपसचिव र नेपाल प्रहरीका प्रहरी उपरिक्षक रहेका छन् । 

स्वास्थ्य मन्त्रालयद्धारा जारी प्रेस विज्ञप्ती अनुसार स्वास्थ्य मन्त्रालयबाट गठित समिति अध्ययनका लागि चरिकोट पुगिसकेका छ । साथै गृह मन्त्रालयकोबाट गठित समितिले कार्य प्रारम्भ गरिसकेको छ । 
स्वास्थ्य मन्त्रालयका अनुसार घटनाको छानविन कार्यलाई सहज बनाउन गृह मन्त्रालयले दोलखाका सहायक जिल्ला अधिकारीलाई फिर्ता बोलाएको छ । 


मन्त्रालयले विज्ञप्ती जारी गर्दै स्वास्थ्य क्षेत्रलाई सुसरक्षित, मर्यादित, विश्वसनीय र जनाताप्रती जवाफदेही बनाउन समिति गठन गरेको भनेको छ । त्यसैगरी चिकित्सक तथा स्वास्थ्यकर्मी माथि हुने आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोडको घटना अन्त्यका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ मा उपचारका क्रममा हुने दुरव्यवहारलाई दण्डनीय बनाउने गरी आवश्यक संसोधनको प्रक्रियासमेत मन्त्रालययले गरेको छ ।

Last modified on 2017-08-14 16:24:31

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts