‘भिटामिन सी’ का ६ फाइदाबारे जानौं !

What's This?


Download our app to get more features

एजेन्सी, १४ असोज । ‘भिटामिन सी’बारे पक्कै पनि सबैले सुनेका छन् । 

अधिकांश मानिसहरु कागतिलाई ‘भिटामिन सी’ को प्रमुख श्रोतको रुपमा उपयोग गर्छन् । कतिपयले त खानामा कागति अनिवार्य हुनैपर्छ भन्छन् । चिकित्सकहरुका अनुसार स्वास्थ्यका लागि भिटामिन सी निकै जरुरी छ । 

भिटामिन सीले हाम्रो स्वास्थ्यलाई सन्तुलनमा राख्न निकै मद्दत पुर्याउँछ । हाम्रो शरीरका लागि ‘भिटामिन सी’ कति महत्वपूर्ण छ त ? यसका फाइदाहरु तल निम्नप्रकारले उल्लेख छन् :

१. हाम्रो त्वचाको पछिल्लो भागमा रहने कनेक्टिव टिश्युको निर्माणमा ‘भिटामिन सी’ को धेरै ठूलो भूमिका हुन्छ । 

२. ‘भिटामिन सी’ को कमिले इम्यूनिटी क्षमतामा ह्रास आउँछ । त्यसैले इम्यूनिटी क्षमता बढाउन ‘भिटामिन सी’ अनिवार्य रुपमा सेवन गर्नुपर्छ । 

३. ‘भिटामिन सी’ मा पर्याप्त मात्रामा एन्टी–अक्सीडेंट हुन्छ । जसले हाम्रो त्वचा, लीभर र विभिन्न प्रकारका कोषतन्तुहरुलाई बिग्रिन दिँदैन् । 

४. ‘भिटामिन सी’ को अर्को श्रोतको रुपमा ‘अमला’लाई मानिन्छ । ‘भिटामिन सी’ धेरै लामो समयसम्म अमलामा रहन्छ । अमलाको अचार बनाएर पनि प्रयोग गर्न सकिन्छ । 

५. मेटाबलिज्म बढाउन र शक्ति सन्तुलनका लागि पनि ‘भिटामिन सी’ जरुरी छ ।

६. ‘भिटामिन सी’ का लागि कागति, अमला, विभिन्न मौसमी तरकारीहरुको सेवनमा ध्यान दिनुपर्छ । 

Last modified on 2017-08-20 11:49:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts