चरिकोट घटनाबारे सरकारलाई तीन बुँदे ध्यानाकर्षण पत्र

What's This?


Download our app to get more features

काठमाडौँ, १३ असोज । नेपाल चिकित्सक सङ्घले चरिकोटको प्राथमिक स्वास्थ्य केन्द्रमा भएको घटनाका बारेमा सरकारलाई तीनबुँदे ध्यानाकर्षण पत्र बुझाउँदै २४ घन्टाभित्र त्यसको सुनुवाइ गर्न माग गरेको छ । 

ती मागमा दोलखाका सहायक प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाई विभागीय कारबाही गर्नुपर्ने र चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि गाली, बेइज्जती, गुन्डागर्दी तथा तोडफोड कार्यमा संलग्न हुने व्यक्ति तथा समूहलाई कारबाही गर्न नयाँ ऐन ल्याउनुपर्ने रहेका छन् । 

यसैगरी, सरकारी स्वास्थ्य संस्थामा ओपिडी सेवा बिहान १० देखि ५ बजेसम्म लागू गर्ने प्रावधानलाई वैज्ञानिक तथा व्यावहारिक रुपमा कार्यान्वयन गर्नसमेत सङ्घले बिहिवार एक विज्ञप्ति प्रकाशित गरी माग गरेको छ । 

सङ्घका सहसचिव एवम् प्रवक्ता डा लोचन कार्कीद्धारा जारी विज्ञप्तिमा ती माग २४ घन्टाभित्र सम्बोधन नगरिए सङ्घ आन्दोलनमा उत्रने चेतावनीसमेत दिइएको छ । 

सङ्घले चरिकोट घटनाका बारेमा स्थलगत रुपमा अध्ययन गर्न एक कार्यदलसमेत गठन गरेको छ । सो कार्यदलले दिएका सुझावका आधारमा सङ्घले सरकारको सो ध्यानाकर्षण गराएको हो ।

रासस 

Last modified on 2017-08-14 16:28:27

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts