मुटुरोगबाट जोगिन पालना गर्नुपर्ने ८ टिप्स

सन्दर्भ : विश्व मुटु दिवस



Download our app to get more features

ज सेप्टेम्बर २९ को दीन विश्वभर मुटु दिवस मनाइदै छ । मुटुरोग विश्वमा मानिसहरुको मृत्युको प्रमुख कारणको रुपमा रहेको छ । विभिन्न अध्ययनका अनुसार प्रत्यक वर्ष विश्वमा ७० लाख भन्दा बढी व्यक्तिले मुटुरोगले ज्यान गुमाइरहेका छन् । विशेषत पश्चिमी मुलुकहरुमा बढीरहेको हर्ट एट्याक लगायतका मुटुको समस्या पछिल्लो समयमा विकासोन्मुख देशहरुमा पनि बढ्ने क्रममा छ । रहनसहन, खानपिन, शारीरिक कसरतको कमी र तनावपूर्ण जीवनले नेपाल लगायतका देशमा पनि यसको प्रकोप बढ्दो रुपमा देखा परेको छ । 

आफ्नो स्वास्थ्यको सामान्य हेरविचार र आफ्नो दैनिक जीवनमा केहि परिवर्तन ल्याउनाले मुटुको समस्याहरुबाट बच्न सकिन्छ । हर्ट एट्याकबाट बच्नको निम्ती अपनाउनुपर्ने केहि सवाधानीहरु यहाँ प्रस्तुत गरिएको छ । 

१.खानपिन

बढी मात्रामा चिल्लो र कार्वोहाइड्रेटयुक्त खाना सेवन गर्ने वानीमा सुधार ल्याउनुपर्छ । सकेसम्म खानामा तरकारी, फलफुल लगायातका प्रोटिन र फाइवरयुक्त बस्तुहरु बढी सेवन गर्नुपर्छ । खानामा नुनको मात्रा कम गर्नुपर्छ । सन्तुलित भोजन नै मुटुरोगबाट बच्ने प्रमुख आधार हो ।

२.शारीरिक कसरत

शारीरिक परिश्रम कम गर्नुपर्ने मानिसले दीनमा कम्तीमा ३० देखि ४० मिनट पसिना आउने व्यायाम वा शारीरिक कसरत गर्नुपर्छ । त्यसको निम्ती आफ्नो समय, व्यस्तता र पायक अनुसार दौडने, हिड्ने, विभिन्न खेल खेल्ने, पौडी खेल्ने, बगैचामा काम गर्ने, नाच्ने आदि विभिन्न क्रियाकलापहरु गर्न सकिन्छ ।

३.तौल नियन्त्रण 

मोटोपना, विशेषत पुट्ट पेट हुनु नै मुटुरोगको निम्ती घर हो । त्यसैले सकेसम्म आफ्नो तौल नियन्त्रणमा राख्नुपर्छ । आफ्नो तौल ठिक छ या छैन भनेर थाहा पाउन “बडी मास इन्डेक्स” (BMI) बाट थाहा पाउन सकिन्छ । “बडी मास इन्डेक्स” लाई सकेसम्म २५ भन्दा कम राख्नुपर्छ ।

४.रक्तचाप र सुगरको नियन्त्रण

उच्च रक्तचाप र मधुमेय भएका विरामीहरुलाई मुटुको समस्या देखिने संभावना धेरै हुन्छ । त्यसैले ब्लड प्रेसर र रगतमा सुगरको जाँच समय समयमा गराउने र ति रोगहरु देखिएमा त्यसको औसधी चिकित्सकको सल्लाह अनुरुप नछुटाईकन सेवन गर्ने गर्नुपर्छ ।

५.स्वास्थ्य जाँच 

चालिस वर्ष भन्दा माथिका हरेक मानिसले कम्तीमा वर्षमा एक पटक मुटु रोगको जाँच गराउनुपर्छ । त्यसमा रगतमा सुगर, लिपिड, कोलेस्टेरोल र इसीजीको जाँचले मुटुरोग लाग्न सक्ने संभावनालाई पहिले नै पहिचान गरि सोहिअनुरुप बच्नको निम्ती विभिन्न तरिकाहरु अपनाउन सकिन्छ ।

६.धुम्रपान र मध्यपान नगर्ने

धुम्रपान र रक्सी सेवनले मुटुरोग लाग्ने संभावना बढाउछ । त्यसैले सकेसम्म यी दुई चिजबाट टाढै बस्नुपर्छ ।

७.मानसिक तनाव कम गर्ने

सकेसम्म मानसिक तनावलाई कम गर्नुपर्छ । योगा, ध्यान, खेलकुद र अन्य क्रियाकलापहरुमा आफुलाई केन्द्रित गरेर केहि समय व्यस्ततालाई कम गर्न सकिन्छ ।

८.आफु र आफु वरीपरिकालाई स्वस्थ जीवनयापन गर्न प्रेरित गर्ने

माथि उल्लेख गरिएका सामान्य उपायहरु अपनाउदा मुटुरोगबाट धेरै हदसम्म बच्न सकिन्छ । यस्ता आफुले जानेका कुराहरु अरुलाई सुनाउने, आफुले पनि पालना गर्ने र अरुलाई पनि प्रेरित गर्नाले स्वस्थ समाज निर्माण गर्न सकिन्छ । 

तसर्थ, स्वस्थ समाज र स्वस्थ देश निर्माणमा बढ्दै गएको मुटुरोग संग लड्न हामी सबै हातेमालो गर्दै अघि बढौं ।

Last modified on 2016-09-30 07:46:29

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts