विश्व मुटु दिवसको अवसरमा बसन्तपुरमा प्रभातफेरी

What's This?


Download our app to get more features

काठमाण्डौं, १३ असोज । नेपाल हार्ट फाउन्डेसनले विश्व मुटुदिवसको अवसरमा राजधानीमा प्रभातफेरी निकालेको छ ।

फाउन्डेसनको अगुवाइमा मुटुमा उर्जा थपौँ जीवनलाई सशक्त बनाऔँ भन्ने नाराका साथ विहान ७ बजे देखि काठमाडौँको बसन्तपुरबाट भएको प्रभातफेरी निकालेको हो ।
प्रभातफेरीमा विभिन्न अस्पतालका मुटुरोग विशेषज्ञ सहितका स्वास्थ्यकर्मी , विभिन्न संघसंस्थाका प्रतिनिधी, विद्यार्थी लगायत आम सर्वसाधारणको उपस्थिति रहेको थियो । 
सो अवसरमा चिकित्सकहरुले मुटुरोगबाट बच्चका लागि अपनाउनुपर्ने उपायका बारेमा जानकारी पनि दिएका थिए ।

जीवनशैलीलाई परिवर्तन गर्ने , खानपानमा ध्यान दिने र नियमित स्वास्थ्य जाँच गरि मुुटुरोगबाट बच्न सकिने चिकित्सकहरुकोे सुझाव थियो ।

हरेक बर्ष सेप्टेम्बर २९ का दिन मनाइने बिश्व मुटुरोग दिवस यस वर्ष अफ्नो जीबनलाई शक्ति दिउ भन्ने नाराका साथ मनाइदै छ । 

Last modified on 2017-08-14 16:30:43

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts