पाँचजनालाई ‘राष्ट्रिय हेल्थ सम्मान’



Download our app to get more features

चितवन, १३ असोज । वरिष्ठ चिकित्सक र एकजना पत्रकार गरी पाँचजनालाई स्वास्थ्य दर्पण मिडिया नेटवर्क चितवनले ‘राष्ट्रिय हेल्थ सम्मान’ प्रदान गरेको छ । 

मिडियामार्फत स्वास्थ्य चेतना फैलाउँदै आएको मिडियाले बुधबार चितवनमा एक भव्य कार्यक्रमको आयोजना गरी सम्मान प्रदान गरेको हो । यसरी सम्मानित हुनेमा गण्डकी मेडिकल कलेज, पोखराका प्राध्यापक डा बुद्धिबहादुर थापा, राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्र तथा सुमेरु अस्पतालका कार्यकारी निर्देशक डा ऋषिकुमार काफ्ले, थारू समुदायमा देखिएको सिकलसेलका अध्येता गोरखा पालुङटारका चिकित्सक डा राजन पाण्डेलाई यहाँ दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

यस्तै, मुटुरोग विशेषज्ञ तथा कलेज अफ मेडिकल साइन्सेज चितवनका चिकित्सक डा कौशल तिवारी र जुम्लाका पत्रकार एलपी देवकोटालाई पनि हेल्थ सम्मान प्रदान गरिएको मिडियाका प्रबन्ध निर्देशक सन्दीप श्रेष्ठले जानकारी दिए । पाँचैजनालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तथा वरिष्ठ पत्रकार एवम् लेखक किशोर नेपालले दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरेका थिए। 

सो क्रममा उनले स्वास्थ्य दर्पण पुस्तकको लोकार्पणसमेत गरेका थियो । कार्यक्रममा सम्मानित चिकित्सक तथा पत्रकारले आफ्नो काममा अझै ठूलो चुनौतीको भारी थपिएको महसुस भएको प्रतिक्रिया दिएका थिए । मिर्गौला रोग विशेषज्ञ डा ऋषि काफ्लेले समयमै परीक्षण गरे मिर्गौलालाई बचाउन सकिने भन्दै स्वास्थ्यमा ख्याल गर्न सुझाव र्दिए । 

कार्यक्रममा प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले स्वास्थ्य क्षेत्रमा अझै ठूलो विकृति तथा विसङ्गति रहेको भन्दै यसतर्फ सबै गम्भीर हुनुपर्नेमा जोड दिए । 

पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले स्वास्थ्य दर्पण मिडिया नेटवर्कले जनमानसमा स्वास्थ्य सन्देश र चेतना फैलाउन सहयोग गरेको प्रतिक्रिया दिए । 
 रासस 

Last modified on 2017-08-14 16:33:06

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts