डा.केसीका माग समेटिने गरी आजदेखि संसदमा छलफल हुँदै

काठमाडौं, १३ असोज । चार दिनदेखि अनशनरत डा गोविन्द केसीको अधिकांश मागहरु समेटिने गरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि सांसदहरुले संशोधन प्रस्ताव दर्ता गरेको शिक्षा मन्त्रीले बताएका छन्।
विहिबारबाट छलफल थालिने सो प्रस्तावित विधेयक पारित हुन बहुमतको स्वीकृति आवश्यक हुने भएकाले लामो समय लाग्न सक्ने चिन्ता कतिपयले व्यक्त गरेका छन्।
चासो
डा. केसीको नवौं अनशन विहिबार चौथो दिनमा प्रवेश गर्दैछ। उनका कतिपय माग समेट्दै संसदमा पेश भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सम्बन्धमा २७ वटा संशोधन प्रस्तावहरु पेश भएका थिए।
ती विषयमा छलफल गर्न सांसदहरुले चासो देखाएको बताइएको छ।
शिक्षा मन्त्री धनीराम पौडेलले भने, “उहाँको मागको तीव्रतापूर्वक कार्यान्वयन भइरहेको अवस्था छ। स्वास्थ्य र शिक्षा सम्बन्धी डा केसीले उठाउँदै आएका अरु विषयमा पनि हामी निर्णय गर्दैछौं।”
विधेयकमा काठमान्डू उपत्यकामा आगामी १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने र स्वास्थ्य शिक्षा शुल्कमा एकरुपता ल्याउनुपर्ने विषय समेटिएको बताइएको छ।
अपूरो
तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई महाअभियोग लगाउनुपर्ने देखि अरु कतिपय विषयहरु भने नसमेटिएको नेपाली कांग्रेसका सांसद धनराज गुरुङ बताए। प्रकृया अवलम्वन गर्नुको सट्टा जसरी अनशन बसिरहनु भएको छ, त्यो बेठिक भएको छ। उहाँले यसलाई पुनर्विचार गर्नु पर्दछ ।'
शिक्षा मन्त्री धनीराम पौडेल
उनले भने, 'थुप्रै साथीहरुले अझै पनि थुप्रै मागहरु नसमेटिएको भनिरहेका छन्। त्यसैले छुटेको विषय के हो भनेर हामीसंगै बसेर छलफल गर्नुपर्छ।'
विहिबारबाट विधेयकमाथि छलफल शुरु भएपनि संसदीय प्रकृया पूरा हुने निश्चित समयसीमा नहुने बताउँदै डा केसीले अनशन तोड्नु पर्ने शिक्षा मन्त्री पौडेलले बताए। उनले भने, 'प्रकृया अवलम्वन गर्नुको सट्टा जसरी अनशन बसिरहनु भएको छ, त्यो बेठिक भएको छ. उहाँले यसलाई पुनर्विचार गर्नु पर्दछ र हामीले पनि पुनर्विचार गर्नुस भनी आग्रह गर्न चाहन्छौं।'
संसदमा छलफल थालिएसंगै स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रमा सुधारसम्बन्धी डाक्टर केसीका माग सम्बोधन गर्नेबारे धेरथोर प्रगति हुने संकेत मिलेको छ।
तर उनको अर्को प्रमुख माग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र उनका एक सहयोगीविरुद्ध संसदमा महाअधियोग प्रक्रिया अघि बढाउने सम्बन्धमा भने अझै केही प्रगति हुने संकेत मिलिसकेको छैन। -विविसी नेपाली सेवाको अनलाइन संस्करणबाट