बाटुलेचौर स्वास्थ्यचौकी अब मातृशिशु अस्पतालमा परिणत

What's This?


Download our app to get more features

पोखरा,१३ असोज । पर्यटकीय नगरी पोखरा र जापनको कोमानागे नगरबीचको भगिनी सम्न्धको दरिलो चिनोका रुपमा यहाँ मातृशिशु अस्पताल स्थापना गरिएको छ । 

राष्ट्रपति विद्या भण्डारीले बुधबार बाटुलेचौरस्थित २५ शैयाको मातृशिशु मितेरी अस्पतालको उद्घाटन गरिन् । कोमागाने नगरसँग पोखराको भगिनी सम्बन्ध स्थापनाको १० औं वार्षिकोत्सवका अवसरमा बाटुलेचौर स्वास्थ्यचौकीलाइ मन्त्रीपरिषद्को निर्णयले स्तरोन्नती गरी २५ शैयाको बनाइएको हो । 

१२ करोडको लागतमा निर्मित भौतिक संरचना र करिब चार करोडका सामग्री रहेको उक्त अस्पताल नियमित सञ्चालनका लागि सरकारलाई हस्तान्तरण गरिने सञ्चालक समिति अध्यक्ष कृष्ण थापाले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ । 

Last modified on 2017-08-18 15:03:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts