स्वास्थ्यकर्मीको हड्तालले विरामीको विचल्ली 

What's This?


Download our app to get more features

दोलखा,१३ असोज । प्रशासनकै रोहवरमा स्वास्थ्यकर्मीमाथि अमानवीय व्यवहार गरेको भन्दै चरीकोट अस्पतालमा बुधबार काम ठप्प पारिएको छ ।

चिकित्सकले गरेको क्षमायाचनाको भिडियो फेसबुक भाइरल भएपछि स्वास्थ्यकर्मीले काम ठप्प पारेका हुन् । अस्पतालको लापरवाहीले उक्त बालकको ज्यान गएको विषयमा चिकित्सकलाइ माफी मगाइएको थियो । भिडियोमा स्वास्थ्यकर्मीलाइ नमस्कार गर्न लगाइ बालकका आफन्तसँग माफी माग्न लागइएको दृष्य छ ।

प्रशासनकै रोहबरमा जबरजस्ती अपराधी झै उभ्याएर बेइज्जत गर्न लगाइएको अरोप स्वास्स्थयकर्मीले लगाएका छन् । अस्पतालको आकस्मिक सेवाबाहेक सम्पूण सेवा ठप्प गर्दै स्वास्थ्यकर्मी हड्तालमा उत्रिएपछि विरामीको विचल्ली भएको छ ।

सम्पूर्ण उपचार सेवा निशुल्क रहेको सरकारी र निजी क्षेत्रको व्यवस्थापनामा सञ्चालित अस्पतालमा दैनिक सरदर तीन सय बिरामी उपचारका लागि आउने गर्छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ । 

Last modified on 2017-08-18 15:00:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts