चिकित्सकसंघद्वारा चरीकोट घटनाको छानविन गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई आग्रह

२४ घन्टाभित्र कारवाही हुन्छ : गृहमन्त्रालय 

What's This?


Download our app to get more features

काठमाडौं,१२ असोज । नेपाल चिकित्सक संघले दोलखा जिल्ला अस्पतालमा भएको घटनाबारे छानविन गरी दोषी उपर कारवाही गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई आग्रह गरेको छ । संघले बुधबार मानवअधिकार आयोगका पदाधिकारीहरुलाई भेट गरी सो घटनाप्रति गम्भीर हुन ध्यानाकर्षण गराएको हो ।

मानवअधिकार आयोगको एक टोली घटनाबारे छानविन गर्न विहीबार नै चरीकोट जाने बताइएको छ । 

यसैबीच, संघले आजै उक्त घटनाको सत्य तथ्य सार्वजनिक गरी दोषीलाई कारवाही गर्नुपर्ने भन्दै  गृहमन्त्रीसमक्ष  ज्ञापन पत्र बुझाएकोे छ । गृहमन्त्रालयले २४ घन्टाभित्र दोषीउपर कानूनी कारवाही अगाडि बढाइने आश्वासन दिएको संघले जनाएको छ । 

२४ घण्टाभित्र उचित कारवाही नगरिए नेपाल चिकित्सक संघले सशक्त विरोधका कार्यक्रमहरु अगाडी बढाउने चेतावनी समेत दिएको छ । 

यसै घटनालाई लिएर स्वास्थ्य मन्त्रालयको तर्फबाट छानबिन समिति गठन गरी स्थलगत अध्ययनका लागि पठाउने निर्णय समेत भएको  छ । चरीकोट घटनालाई लिएर नेपाल स्वास्थ्यकर्मी समाज लगायतका विभिन्न संघ संगठनहरुले विरोध जनाउँदै आएका छन् । 

गत  सनिबार उपचारको क्रममा एक विरामीको ज्यान गएपछि आफन्त तथा स्थानीयहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई जर्बजस्ती रुपमा माफी माग्न लगाएका थिए । मृतकका आफन्त र अन्य स्थानीयहरुले लापरवाहीकै कारण विरामीको मृत्यु भएको हो भनी स्वीकार्न बाध्य बनाएका भन्दै चरीकोट अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित हुँदै आएका छन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले मृतकका आफन्त र स्थानीयहरुसँग माफी मागेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेपछि चिकित्सकहरु थप आक्रोशित बन्दै आएका छन् । 

Last modified on 2017-08-18 15:10:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts