चिकित्सकले नमस्कार गर्दै माफी मागेको भिडियो भाइरल बनेपछि अस्पतालमा हड्ताल

What's This?


Download our app to get more features

दोलखा,१२ असोज । दोलखा जिल्ला अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले माफी मागेको भिडियो समाजिक सञ्जाल फेसबुकमा भाइरल बनेपछि अस्पतालकै चिकित्सकहरु आन्दोलित भएका छन् ।

उपचारको क्रममा नाबलकको ज्यान गएपछि चिकित्सकहरुले बच्चाका आफन्तसँग हात जोडेर माफी मागेका थिए । सो भिडियो फेसबुकमा भाइरल भएपछि स्वास्थ्यकर्मीहरु नै बुधबारदेखि हड्तालमा उत्रिएका छन् ।

अस्पतालको लापरवाहीका कारण ती नाबालकको ज्यान गएको भन्ने विषयमा लामबद्ध उभ्याएर नमस्कार गर्न लगाइ आफूहरुको बेइज्यत गरिएको स्वास्थ्यकर्मीले आरोप लगाएका छन् ।

आफूहरुमाथि निन्दनीय व्यवहार गरिएको भन्दै जिल्ला अस्पताल दोलखाका स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका हुन् । स्वास्थ्यकर्मीको आन्दोलनका कारण उपचार सेवा प्रभावित हुँदा विरामी विचल्लीमा परेका छन् ।   

Last modified on 2017-08-18 15:14:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts