नेपालमा वार्षिक ८० हजारले गराउँछन् गर्भपतन

विश्वमा ८ करोड ५० लाखको अनिच्छित गर्भ रहने गरेको छ

What's This?


Download our app to get more features

काठमाडौं १२,आसोज । नेपालमा वार्षिक ८० हजारले सुरक्षित गर्भपतन गराउने गरेको तथ्य सार्वजनिक भएको छ । सुरक्षित गर्भपतन दिवसको अवसरमा पारेर यस्तो तथ्य सार्वजनिक गरिएको हो ।

वार्षिक ६ लाख गर्भवती हुनेमा ८० हजारले सुरक्षित गर्भपतन गराउने गरेको कृपा नामक संस्थाद्वारा प्रसुतीगृहमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नेपालमा हुने मातृमृत्युदरको तेस्रो कारणका रुपमा असुरक्षित गर्भपतन रहेकाले त्यसलाई रोक्नका लागि परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले सन् २००४ बाट सुरक्षित गर्भपत सेवा दिन थालेको प्रसुती गृहका निर्देशक डा. जगेश्वर गौतमले बताए । २०७२ ०७३ मा मत्रै औजार र औषधीको प्रयोगबाट २ हजार ६ सय ९६ जनाले गर्भपतन सेवा लिएको उनले बताए ।

 कृपा संस्थाका वरिष्ठ पैरवी तथा तालिम अधिकृत प्रभाकर श्रेष्ठले कानुनले बन्देज लगाए पनि लिङ्ग पहिचान गरेर गर्भपतन गराउनेक्रम नरोकिएको बताए । विश्वमा प्रतिवर्ष करिब २० करोड ८० लाख महिला गर्भवती हुने गरेकामा ती मध्ये ८ करोड ५० लाखले अनिच्छित गर्भ बोक्ने गरेका छन् ।

विश्वमा वार्षिक ४ करोड ६० लाख गर्भपतन हुने गरेका भएपनि २ करोड २० लाख असुरक्षित गर्भपतन हुने गरेको तथ्यांक छ । 

हाम्रो चाहना असुरक्षित गर्भपतनबाट महिलाहरुको मुक्तिको कामना भन्ने नाराका साथ आज नेपालमा पनिसुरक्षित गर्भपतन दिवस मनाइदैछ । नेपालमा २०५९ साल असोज गते भएको मुलुकी ऐनको ११ औं संशोधनले गर्भपतलाइ कानूनी मान्यता दिएको छ । 
 

Last modified on 2017-08-18 15:15:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts