मृगौलापीडितको  उपचारका लागि अष्ट्रेलियाबाट सहयोग

What's This?


Download our app to get more features

म्याग्दी, १२ असोज । म्याग्दी बिम- ९ का मृगौला रोगी कुमार पुनको उपचारका लागि अष्ट्रेलियामा रहेका म्याग्देलिहरुले आर्थिक सहयोग गरेका छन् । 

दुवै मृगौलाले काम गर्न छाडेपछि हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका ३२ वर्षिय विपन्न परिवारका पुनको उपचारार्थ अष्ट्रेलियाबाट रु एक लाख २८ हजार पाँच सय सहयोग जुटेको हो ।

अष्ट्रेलियामा रहनुभएका म्याग्दी ताकमकी जुलि फगामीको पहलमा त्यहाँ संकलन भएको सो रकम अस्पतालमै पुगेर पिडित पुनलाई हस्तान्तरण गरिएको छ । 

घरपरिवारको आर्थिक अबस्था कमजोर रहेका पुनको उपचारका लागि अहिले विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको छ । यस अगाडि पनि विभिन्न क्षेत्रबाट पुनको उपचारका लागि सहयोग प्राप्त भएको बताइएको छ ।
उपचारमा लाखौँ खर्च लाग्ने भएपछि अहिले काठमाण्डौमा रहेका पुस्कर विकको संयोजकत्वमा सहयोग संकलन समिति गठन गरि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट आर्थिक संकलन जुटाउन थालिएको छ ।

Last modified on 2017-08-18 15:57:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts