धादिङ वस दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकोप्टर मार्फत राजधानी ल्याइयो
ज्यान गुमाउनेको संख्या १८ पुग्यो
काठमाडौ,११ असोज । उत्तरी धादिङको मार्पाकमा आज विहान भएको बस दुर्घटनामा परि गम्भीर घाइते भएकाहरुको राजधानीस्थित शिक्षण अस्पतामा उपचार भइरहेको छ ।
१८ जनाको ज्यान जाने गरी भएको उक्त बस दुर्घटनामा परि घाइते हुनेहरु मध्ये ५ को अवस्था चिन्ताजनक रहेको छ । दुर्घटनामा परी १२ जना घाइते भएका थिए । अन्यको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको धादिङका प्रहरी प्रमुख एसपी शरद खत्रीले बताए ।
धादिङ सदरमुकाम धादिङवेसीबाट दार्खा गाविसको कितांङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गाविसस्थित लपाङ चौतारा नजिकै सडकबाट ५ सय मिटर तल आँखु खोलामा खसेको थियो । मृतक मध्ये आठ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बस विहान ११ बजे दुर्घनमा परेको थियो ।
Last modified on 2017-08-18 16:08:32
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>