दक्षिण पूर्वी एसियामा वायुप्रदुषणका कारण वर्षेनी आठलाख मानिसको मृत्यु
नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियामा वायुप्रदुषणबाट वर्षेनी करिब आठ लाख मानिसले ज्यान गुमाउने गरेको तथ्यांक सार्वजनिक गरेको छ ।
यस क्षेत्रका ९४ प्रतिशत मानिस वायुप्रदुषणबाट हुने मुटु सम्बन्धि पल्मोनरी रोग र फोक्सोको समस्याबाट मृत्यको शिकार बन्ने गरेको डब्लुएचओद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशक डा.पुनम क्षेत्रपाल सिंहले पाँच वर्ष मुनिका वालवालिकामा तीब्र श्वासप्रश्वास सम्बन्धि रोगको संक्रमण बढ्दै गएको बताएकी छिन् ।
वायु प्रदुषणका कारण हुने रोगको बोझका कारण हुने यसखाले समस्या रोक्नका लागि सवै देशहरुले प्राथामिकता साथ काम गर्नुपर्नेमा डब्लुएचओले जोड दिएको छ ।
नयाँ अध्ययनले देखाएको तथ्यांक अनुसारको स्वास्थ्य समस्यासंग जुध्न बहुक्षेत्रीय स्वास्थ्य प्रर्बधन गर्ने कार्यहरुमा ध्यान केन्द्रित गर्नुपर्ने डा. क्षेत्रपालको भनाई छ ।
बाह्य प्रदुषण नियन्त्रण गर्न प्रदुषणका स्रोतहरुमा ध्यान दिई दिर्घकालिन समाधान खोज्न दक्षिणपूर्वी एसियाली राष्ट्रहरुलाई आग्रह गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको तथ्याङ्क
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>