चरीकोट घटनाप्रति सरकारी चिकित्सक संघ र जिपानको आपत्ति
काठमाण्डौं, ११ असोज । चरिकोट घटनामा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी भएको अमानवीय व्यवहार हृदयविदारक भन्दै सरकारी चिकित्सक संघ र जेनेरल प्राक्टिस्नरहरुको संगठन (जिपान)ले आपत्ती जनाएको छ ।
चरिकोटमा गत शनिबार उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि स्थानीयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उपचारमा लापरवाही भएको स्विकार्न बाध्य पारी माफी माग्न लगाएका थिए । सोहि घटनालाई लिएर सरकारी चिकित्सक संघ र जेनेरल फिजिसियनहरुको संगठन (जिपान)ले छुट्टाछ्ट्टै प्रेस विज्ञप्तिमार्फत आपत्ती जनाएको हो ।
सरकारी चिकित्सक संघले विज्ञप्ति जारी गर्दै भनेको छ ‘चरिकोटमा हालसालै उपचारको क्रममा एक बिरामीको मृत्यु भएको घटना प्रति हामी दुखित छौं । तर चरिकोटमा स्वास्थ्यकर्मीहरुसंग गरिएको ब्यबहारको सरकारी चिकित्सक संघ घोर भर्त्सना गर्दै घटनाकमा जिम्मेबार व्यक्तिहरु र प्रशासनका अधिकारीहरु सबै माथि कारवाही अगाडी बढाउन हामी जोडदार माग गर्दछौं ।’
संघका महासचिव डा.विष्णु रथ गिरीद्धारा जारी विज्ञप्तिमा ‘दुई चार जना स्वास्थ्यकर्मीहरुलाई घेरेर निरिह पारी अति अमानवीय शैलीमा दवाव दिएर बकाईएको “माफी’ का वाक्यहरुको दृश्य हृदयविदारक छ । जंगली प्रवृत्तिका स्थानीयहरुको झुण्ड भेला भएपछि “भिड नियन्त्रण गर्न नसकेर” माफी माग्न लगाउने स्थानीय प्रशासन को निर्णय प्रति हामि खेद प्रकट गर्दछौं ।’
त्यस्तै जिपानद्धारा जारी विज्ञप्तिमा शनिबार चरीकोटमा भएको घटनाप्रति जिल्ला प्रशासन कार्यालय तथा प्रहरी प्रशासन मुकदर्शक भएको उल्लेख गर्दै विधिको शासनको धज्जी उडाएकोमा जिपानको गम्भीर ध्यानाआर्कषण भएको जनाइएको छ ।
जिपानका महासचिव डा.सञ्जिव तिवारीद्धारा जारी विज्ञप्तिमा यस घटनापछि सरकारले कुनै ठोस कदम नचाले जुनकुनै ठोस कदम चाल्न वाध्य हुने पनि उल्लेख गर्दा तुरुन्त घटनाको सत्य तथ्य सार्वजनिक गरी दोषिलाई कारवाहीको माग गरिएको छ ।
सरकारी चिकित्सक संघको प्रेस विज्ञप्ति
जेनेरल फिजिसियनहरुको संगठन (जिपान)को प्रेस विज्ञप्ति
1 Comments
-
E Dr ka neta harulai k thaha satya kura dr ko laparbhai le 1 bachhale jyan gumaunu paryo uni harule mafi magda public haru jungali bhaya charikot ma aayo dr k neta ho timi Harulai mafi haina juta ko mala laidinxau kukur haru timiharu ko nani lai testo bhaye k gartheu hola sala chor haru
Reporter
View Other Stories by Author >>