डा. गोविन्द केसीद्वारा नवौं अनशन सुरु

What's This?


Download our app to get more features

काठमाडौं,१० असोज । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक गोविन्द केसीले नवौं चरणको अनशन सुरु गरेका छन् ।

सोमवार दिउसो सम्मेलनका आयोजना गरी केसीले पुन अनसनको घोषणा गरेका हुन् । आफ्ना मागका विषयमा सरकारले वेवास्ता गरेकाले पुन अनसन बस्न बाध्य भएको केसीले  बताएका छन् ।

गोविन्द केसीले  सरकार समक्ष पेश गरेका सुझाव अनुसार संसोधन गरी चिकित्सा शिक्षा ऐन संसदको यही अधिवेशनबाट पारित हुनुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि महाअभियोगको प्रक्रृया अगाडि बढाउनु पर्ने र मेडिकल शिक्षाको शुल्क माथेमा कार्यदलले निर्धारित गरेबमोजिम तथा पछिल्लो सम्झौता बमोजिम कायम गर्दै पछिल्लो पटक निजी मेडिकल कलेजका प्रतिनीधिहरुद्वारा बनाइएको कथित समितिको निर्णय खारेज हुनुपर्ने लगायतका माग अघि सारेका छन् । 

त्यसैगरी उनले अघिल्लोपल्ट भएका सम्झौताको तत्काल कार्यान्वयनको मागसमेत अघि सारेका छन् । जसअन्तर्गत आइओएममा तत्काल वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने,चिकित्सा शिक्षा ऐनको मर्म विपरीत संसदमा विचाराधीन प्रकृया फिर्ता गर्न र आइओएमका भ्रष्ट पूर्वपदाधिकारीहरुमाथि तत्काल छानविन गरी कारवाही गर्नुपर्ने माग राखेका छन् । । 

चिकित्सा शिक्षा ऐन संसदमा अघि बढाउनु स्वागतयोग्य भएपनि आम नागरिक र मेडिकल विद्यार्थीको अहितमा हुने गरी अघि बढाइयो भने आफूहरुलाई अमान्य हुने पनि केसीले बताए । 
डा. केसीले अघिल्ला अनसनमा जस्तै यसपाली पनि सबै पक्षबाट सहयोग हुनेमा विश्वाससमेत व्यक्त गरेका छन् ।

Last modified on 2017-08-18 16:15:06

1 Comments

  1. In support of Dr. Govinda kc.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts