यसरी विर्सेर पनि नबस्नुस्,स्वास्थ्यमा हानी पुग्न सक्छ
एजेन्सी, १० असोज । हामीले बसाईलाई निकै सामान्य रुपले लिने गरेका हुन्छौं । तर बसाई तर मानिसको बसाइले उसको अनुशासन,मनोविज्ञानमात्र नभएर समग्र स्वास्थ्यलाईनै प्रभाव पर्ने विभिन्न अनुसन्धान हरुले बताउँदै आएका छन् । कसरी बस्ने भन्नेमा पनि आ–आफ्नै बानी हुनसक्छ ।
तर,धेरै मानिसलाई सोध्यो भने वा धेरै मानिसको बसाइलाई नियालेर हेर्यौ भने मानिसहरु क्रस लेग अर्थात एउटा खुट्टामाथि अर्को खुट्टा खापेर बसिरहेका हुन्छन् । कुर्सी अथवा सोफामा क्रस लेग बनाएर बसेको धेरै देखिन्छ । हामीमध्ये कतिलाई थाहा नहनुपनि सक्छ कुटनीतिक हिसाबले समेत क्रसलेग बसाईलाई निकै अमर्यादीत मानिदै आएको छ ।
त्यतिमात्र होइन आफूभन्दा सिनियर वा कुनै जागिरको अन्तवार्तामा समेत प्राय गरी क्रस लेग गरी नबसेकै राम्रो हुन्छ । केटी वा महिलाहरुको क्रसलेग बसाइलाइ सेक्स अपिलसँग पनि जोडेर हेर्ने गरिएको पाइन्छ । यी त भए हामीले जान्दा नजान्दै गर्दै आइरहेका क्रसलेग बसाइका प्रभावहरु ।
क्रस लेग बसाइको प्रभाव यतिमा मात्र सिमिति छैन । स्वास्थ्यका दृष्टिले पनि यस्तो बसाइलाइ निकै घातक मानिएको छ । क्रसलेग बसाइले मानिसलाइ विरामी समेत बनाउन सक्ने विज्ञहरुले बताउँदै आएका छन् ।
यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।
१. यस पोजिशनमा बस्दा तपाईलाई ब्लड प्रेशरसम्बन्धी समस्याबाट गुज्रिनु पर्नेहुन्छ । शरिरमा ब्लडको प्रवाह खुट्टा देखि मुटुसम्म हुनेगर्छ । लेग क्रस गरेर बस्दा रगतको प्रवाह राम्रोसँग हुन पाउँदैन ।
२. यसरी बस्ने बानी गरेकालाई प्यारालाइसिस हुने सम्भावना अधिक हुनेगर्छ । क्रस लेग गरेर बस्दा पैरीनील नर्वमा दबाब पर्छ ।
३. यसरी बस्दा तपाईको ढाडमा समस्या देखिन्छ ।
४.क्रस लेग गरेर बस्दा नसा बटारिने समस्या समेत देखिने गर्छ । यसले नसालाई नोक्सान पुर्याउँदा कमजोर बनाउने काम गर्छ ।