राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्ताव स्वीकृत



Download our app to get more features

काठमाडौँ, ९ असोज । व्यवस्थापिका–संसद्को आइतबारको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । 
       
चिकित्सा शिक्षालाई व्यवस्थित, व्यावसायिक एवम् युग सुहाउँदो तुल्याउन उक्त विधेयक अपरिहार्य भएको बताउँदै शिक्षामन्त्री धनीराम पौडेलले त्यसलाई विचारार्थ सदनमा प्रस्तुत गरेका थिए ।

सांसद प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले  यसअघि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि  विरोधको सूचनालाई बैठकले अस्वीकृत गरेको थियो । 

रासस

Last modified on 2017-08-15 15:11:11

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts