विरामी बोकेको हेलिकप्टर दुर्घटनामा



Download our app to get more features

सोलुखुम्बु, ९ असोज । जुभिङ गाविसमा आज बिहान करिब ७ बजे हेलिकप्टर दुर्घटना हुँदा अघिल्लो भाग क्षतिग्रस्त भएको छ ।

बिरामी लिएर चौरीखर्कबाट काठमाडौँ जाँदै गरेको माउन्टेन एअरको नाइन एनएएलक्य नं को हेलिकप्टर इन्जिन बिग्रेपछि दुर्घटनामा परेको हो ।

इन्जिन बिग्रेपछि आकस्मिक अवतरण गरिएको र हेलिकप्टरका चालक सहित छ जना सबै सकुशल रहेको प्रजिअ कृष्णप्रसाद शर्माले जानकारी दिए । शर्माका अनुसार सबै यात्रुलाई सोही एअरको अर्को हेलिकप्टरबाट उद्धार गरी लुक्ला लगिएको छ ।

रासस/फाइल तस्विर

Last modified on 2017-08-18 16:21:04

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts