बेरोजगार उत्पादन गर्ने थलो बन्दै नर्सिङ कलेजहरु 



Download our app to get more features

लामो संघर्षको प्रयासपछि सुष्मा कोइराला मेमोरीयल नर्सिङ कलेज सञ्चालनमा आयो । स्थापनाको छोटो समयमै कलेजले आफ्नो चिनारी राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय जगतसम्म पुर्याएको छ । कलेज सञ्चालनसँगै कतिपय असहज र अफ्ठ्यारा दिनहरु पनि नआएका होइन ।

अनुभवी शिक्षक शिक्षिका र कुशल व्यवस्थापकका कारण सुष्मा कोइराला मेमोरियल नर्सिङ कलेजले अन्तरर्राष्ट्रय स्तरमासमेत ख्याती कमाइसकेको छ । जनताको सेवा गर्ने भन्दै ठूलो रकम खर्च गरेर नर्स पढेपनि पछिल्लो समय अधिकांस कलेजहरु बेरोजगार नर्स उत्पादन गर्ने थलो बन्दै गएका छन् । 

यो अवस्थाको अन्त्य गर्न र रोजगारीको ग्यारेन्टी गर्ने उद्धेश्यले सुष्मा कोइराला मेमोरीयल नर्सिङ कलेजले विद्यार्थीहरुलाई व्यवहारी उद्धेश्यक, सैद्धान्तिक र प्रयोगात्मक शिक्षामा जोड दिएको छ ।  अन्य कलेजबाट उत्पादित विद्यार्थी लामो समयसम्म बेरोजगार भएर बस्नु परेपनि सुष्मा कोइराला मेमोरीयल नर्सिङ कलेजबाट उत्पादित विद्यार्थी कुनै न कुनै किसिमबाट रोजगारीमा आवद्धता भएका छन् । 

पूर्व मेचीदेखि महाकालीसम्मका विद्यार्थीहरु नर्स बनेर गरिब, दुःखी र असहायलाई सेवा गर्ने उदेश्यले हाल एक सय ४० जना विद्यार्थी सुष्मा कोइराला मेमोरीयल नर्सिङ कलेजमा अध्ययनरत रहेका छन् । 

उत्पादित विद्यार्थी अमेरीका, बेलायत, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, क्यानडा जस्ता मुलुकमा गएर गुणस्तरीय सेवा प्रदान गरीरहेका छन् । कतिपय विद्यार्थीले नेपालमै बसेर सेवा दिएको भएपनि कतिपय भने बिदेसीहरुको आग्रह र पहलमा बाहिरी मुलुक जाने गरेका छन् । 
पछिल्लो समय सुष्मा कोइराला मेमोरीयल नर्सिङ कलेजबाट उत्पादित विद्यार्थीले विदेशमा गएर योगदान दिन थालेपछि कलेजले व्यवहारीक शिक्षा पनि जरुरी ठानेको छ । 

 
फ्लोरेन्स सम्झदै सुष्मामा अध्ययनरत विद्यार्थी 

नर्स भन्ने बिक्तिकै फ्लोरेन्स नाइटिङ्गलको नाम सबैको मन मष्तिस्कमा रहने गरेको छ । नर्सिङ पेसामा रहेर फ्लोरेन्स नाइटिङ्गलले तत्कालीन समयमा युद्धको चपेटामा परेर घाइते भएका बिरामीहरुको सेवा र उपचारमा गरेको अथक योगदानलाई संसार भरी नै प्रशंसा गर्ने गरिन्छ । 
यसै कारण यो पेशालाई हेर्ने दृष्टिकोण पनि फरक भएको हो । फ्लोरेन्सले समाजमा पुर्याएको योगदानलाई आत्मसाथ गरी सेवा दिने सोच बोकेका छन् सुष्मा कोइराला मेमोरीयल नर्सिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुले ।

 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts