मृत्यु पर्खेर बसेकी जुम्लाकी सन्ध्या शाहीलाई स्वास्थ्यमन्त्री थापाले भेट्दै

What's This?


Download our app to get more features

काठमाडौं,८ असोज। स्वास्थ्यमन्त्री गगन थापाले मृत्यु पर्खेर बसेकी एक जुम्ली युवतीसँग भेट गर्ने भएका छन् ।

विपी क्यान्सर अस्पताल भक्तपुरका चिकित्सकले क्यान्सर रोग लागेकी उनलाई थप उपचारबाट  रोग निको नहुने बताएपछि शाहीले स्वास्थ्यमन्त्रीलाई भेट्ने चाहना व्यक्त गरेकी थिइन् ।  जुम्लाकी सन्ध्या शाहीले स्वास्थ्यमन्त्रीलाई भेट्ने आफ्नो अन्तिम चाहना रहेको भन्दै पत्र लेखेकी थिइन् । उनको पत्र पाएपछि मन्त्री थापा शाहीलाई भेट्न उनकै निवासमा जान लागेका हुन् । 
 
स्वास्थ्य मन्त्री थापाले आइतबार साँझ ४ बजे सन्ध्यालाई उनकै डेरामा पुगेर भेट गर्ने बताएका छन् ।  सन्ध्याले थापालाई पत्र लेख्दै आफू मर्नुभन्दा अगाडि सरकारी अस्पतालमा आफूले भोगेकापीडालाई मन्त्रीसामु राखेर मात्रै मर्न चाहेको बताएकी थिईन् । 
 

 

Last modified on 2017-08-15 15:17:30

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts