चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अब ‘मनमोहन स्मृति स्वास्थ्य विज्ञान प्रतिष्ठान’
काठमाण्डौ, ८ असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नाम अब मनमोहन स्मृति स्वास्थ्य विज्ञान प्रतिष्ठान रहने भएको छ ।
प्रतिष्ठानको आज बसेको सिनेटको बैठकले विवादास्पद मनमोहन मेडिकल कलेजलाई न्याम्समा गाभ्ने सरकारी निर्णय भएपछि नाम परिवर्तन गर्ने निर्णय गरेको हो । यस अघि सरकार र गोविन्द केसीबीच भएको सम्झौता अनुरुप मनमोहन मेडिकल कलेजलाई सरकारी प्रतिष्ठानमा गाभ्ने सहमति भएको थियो । केसीसँग भएको सम्झौता अनुरुप काम अघि बढाउन प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्यमन्त्री गगन थापाले सिनेटको बैठक बोलाउन निर्देशन दिएका थिए । अब सिनेटको निर्णयलाई मन्त्रिपरिषद्ले पारित गरेपछि कार्यान्वयन प्रक्रिया सुरु हुनेछ ।
Last modified on 2017-08-15 15:18:02
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।