पूर्ण खोप युक्त नगरपालिका घोषणा
भद्रपुर ८ असोज । भद्रपुर नगरपालिकालाई पुर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको छ ।
नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय झापाद्वारा आयोजित घोषणा तथा भद्रपुर नगरपालिका कार्यालयमा विद्युतीय टोकनसहितको द्वार एक सेवा अनेक समारोहको स्थानीय विकास अधिकारी खेमराज ओझाले उद्घाटन गरे ।
सो अवसरमा स्थानीय विकास अधिकारी ओझाले भद्रपुर नगरपालिकाले नगरवासीका सेवा एवम् सुविधाका लागि गरिएको प्रयास सराहनीय रहेको बताए । उनले भद्रपुर नगरपालिका खोपयुक्त नगरपालिका घोषणा भएकोमा खुसी व्यक्त गर्दै जिविसबाट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेको अध्यक्षतामा कायक्रम सम्पन्न भएको थियो ।
रासस
Last modified on 2017-08-15 15:26:05