मनसुनमा रोग लाग्न नदिन आफ्ना बालबालिकालाई यसरी सुरक्षित राख्नुहोस्...
नेपालमा यस वर्षको मनसुन प्रवेश गरिसकेको छ । मनसुनका कारण नेपालका अधिकांश क्षेत्रमा पानी परिरहँदा सबै सचेत हुनु आवश्यक छ ।
मनसुनमा बालबालिकाको स्वास्थ्य बारे सचेत नभए यो मौसममा विभिन्न संक्रमण हुनेगर्छ । पानीका कारण हुने झाडापखाला, टाइफाइट, जन्डिस, भाइरल ज्वरो, निमोनिया जस्ता संक्रमणले यो मौसममा बालबालिकालाई सहजै संक्रमण गर्छ ।
साथै, रुघाखोकी श्वासप्रश्वास सम्बन्धी समस्याले पनि यो मौसममा धेरै बालबालिकालाई दुःख दिइरहेको हुन्छ । बालरोग विशेषज्ञ डा. आन्या शर्माले यस्तो मौसममा बालबालिकालाई कसरी सुरक्षित राख्ने भनेर केही सुझाव दिएकी छन् । जानौं डा. शर्माका सुझावहरू :—
- झाडा पखाला
- निरन्तर हुने वर्षाले हामी खानेपानीमा विभिन्न फोहोरहरू मिसिन सक्छन् । जसमा झाडापखालाका जिवाणु पनि हुनसक्छ । त्यस्तो पानी बालबालिकाले खाएमा उनीहरू संक्रमित हुन्छन् । निम्न लक्षण देखिए झाडापखाला भएको हुनसक्छ ।
- पातलो दिसा गर्ने ।
- वान्ता हुने ।
- शरीरमा पानीको मात्रा कमी हुने ।
टाइफाइटका लक्षण:
- उज्च ज्वरो हुने ।
- दुई तीन दिनसम्म ज्वरो आउँदा पनि अरु केहि लक्षण नदेखिने ।
- निरन्तर पखाला लाग्ने ।
- कसैकसैलाई पेट दुख्ने ।
- कसैलाई वान्ता हुने ।
जन्डिसका लक्षण:
- जीउ आलश्य हुने ।
- खान मन नलाग्ने ।
- वाक वाक लाग्ने ।
- अलिदिनपछिआँखामापहेलो देखिने ।
- पिसाब पेहेँलो आउने ।
रोकथामका उपाय :
- घर र वरपरको सरसफाईमा ध्यान दिने ।
- बालबालिकालाई पनि सफा राख्ने ।
- पानी उमालेर वा निर्मलीकरण गरेर मात्रै खाने ।
- बाहिरको खाने कुरा नखाने ।
- बासी खाना नखाने ।
- सफा खाना मात्रै खाने ।
- खाना खानु अगाडि बच्चालाई राम्रोसँग हात धुन लगाउने ।
- झाडापखाला भएमा जीवनजल खान दिने ।
- प्रशस्त पानी खान दिने, जसले शरीरमा पानीको मात्रा पुरा गर्छ ।
- यति गर्दा पनि कम भएन भने तुरुन्त अस्पताल लैजाने ।
उपचार:
- झाडापखाला लागेमा जीवनजल खुवाउने ।
- के कारणले झाडापखाला भएको हो सो अनुसार उपचार गर्नुपर्छ ।
- झडापखालासहित इन्फेक्सन छ भने एन्टिबायोटिक दिनुपर्ने हुन्छ ।
सुझाव :
- यो मौसममा स्वास्थ्य र सरसफाई सम्बन्धी साधारण कुरामा पनि अविभावकले ध्यान दिनुपर्छ ।
- कहिलेकहि रुघाखोकी, झाडापखालाले जटिल रुप पनि लिने हुनाले सधै सचेत रहने ।
- वर्षातको पानीमा धेरै प्रकारका किटाणु हुने भएकाले बालबालिकालाई उमालेको पानी मात्रै प्रयोग गर्न दिने ।
Last modified on 2023-07-23 05:39:20