उपचाररत बालकको मृत्यु भएसँगै ईशान नर्सिङ्ग होममा तनाव, प्रहरी परिचालन

काठमाण्डौ, ७ भदौ । राजधानीको बसुन्धारा स्थित इशाान बाल नरसिङ होममा उपचाररत तीन वर्षीय बालकको मृत्यु भएसँगै अस्पतालक्षेत्र तनावग्रस्त बनेको छ ।
निमोनियाले ग्रस्त धर्मस्थलीका तीन वर्षीय बालक बिकृष्ण महर्जनको गएराति उपचारका क्रममा मृत्यु भएको हो । शिक्षण अस्पतालमा उपचाररत उनलाई राति आइसियु चाहिएपछि इशान अस्पतालमा लगिएको थियो । इशानमा आइसियुमा राखेर उपचार हुँदै गर्दा सुरुमा स्वास्थ्यमा सुधार भएको अस्पतालले जनाएको उनका अभिभावकले जनाएका छन् । पछि एक्कासी बालकको मृत्यु भएको अस्पतालले बताएपछि महर्जन परिवार आक्रोशमा आएका हुन् । उनीहरुले अस्पतालले लापर्वाही गर्दा बालकको ज्यान गएको आरोप लगाएका छन्
अस्पतालले लापर्वाही गरेको भन्दै बिहानैदेखि आन्दोलनमा उत्रिएका उनीहरुमध्ये तीनजनालाई प्रहरीले गिरफ्तार गरेपनि पीडितपक्ष झनै आक्रोशित भएका हुन् । आक्रोशित भीडलाई नियन्त्रण गर्न इशान अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अस्पताल प्रशासन र मृतकपक्षबीच वार्ता चलिरहेको जनाइएको छ । पुत्रशोक परेसँगै मृतक बालककी आमा अर्धचेत अवस्थामा पुगेकी छिन् ।
बालकको उपचारमा अस्पतालका चिकित्सकद्वय डा. सनम आचार्य र दिव्यास्वरा नेपाल सहभागी भएको अस्पतालले जनाएको छ । अस्पतालले बालकको स्वभाविक मृत्यु भएको दावी गरेको छ ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।