पाठेघरमा मासु पलाएको कसरी थाहा पाउने ?
धेरै महिलामा पाठेघरमा मासु पलाउने समस्या देखिने गरेको छ । यसरी आफ्नो पाठेघरमा मासु पलाएको थहा पाउन आफूमा यी समस्या छ वा छैन हेरेर थहा पाउन सकिन्छ । यस्ता समस्या देखापरेमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।
पाठेघरमा मासु पलाएको यसरी थहा पाउन सकिन्छ :
– महिनावारी हुँदा धेरै रगत जानु,
– अत्याधिक पेट दुख्नु,
– महिनावारीको समयमा रगतको डल्ला बाहिर निस्कनु,
– तर, यस्तो समस्या भएका महिलालाई धेरै दिनसम्म रक्तश्राव भइरहन्छ ।
– शरीरमा रगतको कमी भएर एनिमिया हुने, सेतो पानी बग्ने, कमजोरी हुने, थकाई लाग्ने, रिगंटा लाग्ने,
उनीहरुलाई जाँच गरेपछि पाठेघरमा मासु पलाएको थाहा हुन्छ ।
मासु पलाएका कतिपयलाई सन्तान नहुने, गर्भ रहे पनि तुहिने समस्या हुन्छ ।
पाठेघरमा मासु पलाउँदा उपचार गरिएन भने झन् जटिल समस्या आउने गर्छ ।
एकदम कम महिला २ देखि ५ प्रतिशत महिलामा क्यान्सर हुने सम्भावना समेत रहने स्त्रिरोग विशेषज्ञ डा. रंगिना लाइकंगबम बताउँछिन् ।