पिनासबाट बच्न डा. गैह्रेका टिप्स



Download our app to get more features

पिनास भन्नाले नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वासप्रश्वासमा बाधा पुर्याउने एक किसिमको रोग हो । जसलाई साइनोसाइटिस पनि भनिन्छ । साइनोसाइटिस साइनसहरुको इन्फ्लामेसन हो । साइनस भन्नाले टाउको र अनुहारको हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन्, जो साना–साना प्वालहरु, ओस्टियमको माध्यमबाट नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् । जब कुनै व्यक्तिलाई रुघा तथा एलर्जी हुन्छ, अनि यी साइनसमा सिगान भरिन्छ र त्यहाँका पातला झिल्लीबाट बनेका तहहरु सुन्निछ । जहाँ व्याक्टेरिया एवं भाइरस विकसित भई पिनास रोग उत्पन्न हुन्छ । विशेष गरी साइनसहरु चार प्रकारका हुन्छन् र तिनीहरुको इन्फ्लामेसनको आधारमा पिनासको वर्गीकरण गरिएको हुन्छ ।

१) फ्रन्टलसाइनस निधारमा हुन्छ ।

२) म्याक्जिलरीसाइनस –दुवैतिर गालाको भित्री भागमा ।

३) इथमोइडल साइनस –आखाँहरुको बीचमा ।

४) स्फेनोइडल साइनस –इथमोइडल साइनसको भित्री भागमा ।

पिनासका प्रकार

एक्युट साइनोसाइटिस (पिनास)- ३० दिन भन्दा कमको पिनास/१० दिन भन्दा कम समय सम्ममा रहने प्राय भाइरल संक्रमणका कारणले हुने गर्दछ । १० दिन भन्दा बढी रहेमा, त्यो पिनास व्याक्टोरियल संक्रमणका कारण हुने गर्दछ भन्ने सम्भावना बढी रहन्छ ।

क्रोेनिक साइनोसाइटिस (पिनास)- ३ महिना वा १२ हप्ता भन्दा बढी रहने पिनास प्राय गरेर एलर्जिक व्यक्तिहरुको नाक भित्र मासु पलाएको पोलिपहरुको अवस्थामा देखिने गर्दछ ।

पिनासको कारण

१) साइनसको भित्री भागमा केही गरी अवरोध वा रोकावट हुनु ।

२) एलर्जी, भाइरल वा व्याक्टोरियल संक्रमण हुनु ।

३) नाकको भित्री भागमा मासु पलाउनु, ट्युमर हुनु वा नाकको भित्रको हड्डि बाङ्गिनु ।

४) एलर्जी गराउने कुनै वस्तु, खाना, धुवाँ–धुलो, गन्ध आदि ।

५) कुनै पनि प्रदुषण, चिसो, वातावरण, चिसो हावा, चिसो वा बासी खाना, आदि ।


पिनासका लक्षण

–नाक बन्द भइरहने र श्वासप्रश्वास गाह्रो हुने ।

–टाउकोको अगाडिको भागमा भारी र अनुहारको अगाडिको भागमा पनि पिडा हुने ।

– गन्ध वा बास्ना थाहा नपाउने ।

– नाकबाट बाक्लो, पँहेलो र गन्धयुक्त सिगान बग्ने ।

– दिउँसोमा सुख्खा खोकी लाग्नु, रुघाको लक्षण देखिनु, मन्दमन्द ज्वरो आउनु, दाँतको पिडा वा कानको दुखाई हुनु ।

उपचार विधि

१) योग चिकित्सा

–अनुलोम विलोम प्राणयाम

–कपालभाति प्राणायाम

–सूर्यवेदि प्राणयाम

२) प्राकृतिक चिकित्सा 

–जलनेति वा सूत्रनेती

–अनुहारको मालिस

–अनुहारको वाष्पस्नान

–नास्य, शिरोवस्ती र शिरोधारा

–उष्णपादस्नान

–एक्युपंचर, एक्युप्रेशर र रिफ्लेक्सोतोजी विधि

के खाने ?

१) प्रशस्त मात्रामा खानु पर्ने 

–हरियो सागसब्जी, फलफूल, अंकुरित अन्न वा गेडागुडी ।

–हर्वल चिया, कागती र मह र ज्वानोको रस तुल्सीको पातको रस र मह ।

–भिटामिन बी–१२ र भिटामिन सियुक्त खाना तथा फलफूल आदि । 

२) कम मात्रामा खान हुने

–चिसो गर्ने परिकार जस्तैः गुन्दु्रक, तामा, इस्कुस, अमिलो दहि मासको दाल आदि ।

–धुम्रपान, मद्यपान, सुर्ती जन्य पदार्थ नखाने । 

–कोल्डड्रिंक, बोतलबन्द परिकार, मैदाबाट बनेका परिकार, गुलिया खाद्य वस्तु यो रोगका लागि मैत्री खाना होइनन् ।


नोट:-योग तथा प्राकृतिक चिकित्सा अपनाउँदा सम्बन्धित रजिष्ट्रड चिकित्सकसँग एक पल्ट सल्लाह लिनु पर्दछ ।

 

डा गैह्रे प्राकतिक स्वास्थ्य अस्पताल र वेलनेस अस्पतालका विशेषज्ञ हुन् ।

Last modified on 2017-01-30 10:43:03

5 Comments

  1. Malai Pani pinas vaya ko mero left nose block hunxa tays lay gardha tauko Pani dukhxa .sas linu Pani garo hunxa naak Bata pani bagxa ??plzz kunai upaya vaya bataidhinu holla

  2. paila paila sigan baklo aauthyo ra nak block hunthyo ra sigan le naak nai block hunthyo..ajkal tauko ati dukchha.maile ek hapta bhayo drinks garna thaleko.malai thha then a drinks garna hunna bhanera k yo pinas ko symptoms ho.k yeslai Niko parna sakinchha

  3. Me too problem of allergy of pinas, can I get counstancy help from here.

  4. Malai pinas vaya ko xa ra mero nose ko bone right sight patti bend vako xa yaslai kasari straight banauna sakinxa rhinoplasty surgery garna cost kati lagxa

  5. I have problem of pinas . I want help by dr.gahire.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts