चोट लागेको कति घन्टाभित्र रिप्लान्टेन्सन गर्ने ? डा.जैसवालको यस्तो छ सुझाव (भिडियोसहित)



Download our app to get more features

कुनै पनि कारणले चोट पटक लागेर हाम्रो हात वा हात भन्दा माथिको अंगहरु छिनिएर  त्यसलाई पुन जोड्ने अपरेसनलाई रिप्लान्टेन्सन भनिन्छ । 

रिप्लान्टेन्सन गर्दा धेरै याद गर्नुपर्ने हुन्छ । नारी भन्दा माथिको रिप्लान्टेन्सन गर्नु छ भने चोट लागेको ३ देखि ४ घन्टामा रिप्लान्ट गर्न सक्छौं । नाडी भन्दा तलको अम्लाहरुको रिप्लान्टेन्सन गर्नु छ भने चोट लागेको ३६ घन्टासम्म रिप्लान्ट गर्न सक्छौं । तर, बाहिरतिर ७२ घन्टासम्म रिप्लान्टेन्सन भएको छ । 

कस्ता घटनाहरूमा चोट लागेको हो त्यो हेरेर रिप्लान्टेन्सन गर्ने गरिन्छ । छुरीले काटेको अवस्थामा, सडक दुर्घटना भएको अवस्थामा, ढोकामा औंला च्यापेको अवस्थामा साथै अहिले बाइक सफा गर्दा मोबील हाल्दा धेरै मानिसको हात चेनले काट्ने गर्दछ त्यो अवस्थामा रिप्लान्टेन्सन गर्ने सम्भावना कम हुन्छ । 

हात काट्ने बितिकै वा हाम्रो अङ्गमा चोट लाग्ने बितीकै चोट लागेको भागलाई रगत बग्नबाट बचाँउनु पर्यो । हातमा चोट लागेपछि मुटुभन्दा माथि पुग्नेगरी हात राखेर उपचारमा आउनु पर्दछ । 

यदि अङ्ग छुटिएको अवस्थामा काटिएको अंगलाई टिपेर राम्रोसँग धुने, त्यो सकिएन भने सफा कपडालाई पानीमा डुबाउने र मज्जाले निचोरेर काटिएको भागलाई लुगामा पोको पार्ने र प्लस्टिकमा राख्ने । त्यो प्लास्टिकलाई आइस राख्ने बासमा राखेर अस्पताल ल्याउने । 

समयमै अस्पताल पुग्न नसकेको अवस्थामा पहिला सुरुमा हामीले दैनिक हातले गर्ने कार्य हेर्ने अनी कसरी उपचार गर्ने भन्ने कुरा हेर्नु पर्दछ । रिप्लान्टेन्सन गर्न धेरै समय लाग्छ । छुटिएको भागलाई जोडेर नशाले सिलाउन धेरै समय लाग्छ । अपरेसन गर्न ६ देखि ८ घण्टा वा त्यो भन्दा पनि बढी लाग्न सक्छ । 

रिप्लान्टेन्सन गरेको अङ्ग बाच्छ नै भन्ने छैन् । ७२ घन्टापछि मरेर पनि जाँन सक्छ । त्यस्तै अपरेसन गरेको ठाउँमा सङ्क्रमण पनि हुन् सक्छ । रिप्लान्टेन्सन गरेपछि बिरामीले हातहरू नचलाउने गरेमा त्यसले काम नगर्ने हुन सक्छ ।

भिडियोमा हेरौं :


 

Last modified on 2022-07-07 07:38:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts