के हो पारकिन्सन रोग, यसको जोखिम कसलाई ? 



Download our app to get more features

पारकिन्सन रोगका कारण विश्वभर लगभग ६० लाख मानिसहरू प्रभावित हुँदै आएको एक अध्ययनले देखाएको छ । मध्य मस्तिस्कमा स्थित वेसल–ग्याङ्लियाको सब्सट्यानसिया नीग्रा भनिने स्नायू केन्द्रका डोपामाईन उत्पादक कोषहरूको मृत्यु पश्चात यो रोगको लक्षणहरू देखा पर्ने गर्दछ । 

केन्द्रीय स्नायु प्रणालीको धेरै कार्यहरूमा प्रत्यक्ष भूमिका खेल्ने डोपामाईन आफैमा स्नायू–रसायन (न्यूरो–ट्रान्समीटर) तथा हरमोन हो । यो रसायनले मांशपेशीहरूको चाल तथा खिचाव नियन्त्रण गर्ने, पोश्चर नियन्त्रण गर्ने, अनुभूती, पे्ररणा, दण्ड, पुरस्कार, मूड, एकाग्रता, लय, ध्यान, स्मृति, सिकाई, निद्रा र बोलि जस्ता मानसिक कार्यहरूलाई सुचारु र सन्तुलीत राख्ने कार्य गर्दछ । 

डोपामाइन उत्पादन गर्ने कोषहरूको मृत्यु पश्चात, यो रसायनको कमिले विभिन्न किसिमका समस्याहरू आउनछन् । अठारौँ शताब्दी मै खोज गरिएको रोग भए पनि आजसम्म नत डोपामाईन उत्पादक कोषहरूको मृत्युको कारण पत्ता लगाउन सकिएको छ न यो रोगको रोगथाम तथा निवारणको भरपर्दो विधि नै । यो रोग अक्सर पचास वर्ष भन्दा माथिका उमेर समूहमा देखा पर्छ । 

औद्योगिक देशहरूमा हरेक हजार व्यक्तिहरू मध्ये तीन जनामा यो रोग देखा परेको छ भने साठी वर्ष नाघेका मध्ये प्रति हजार १० जना र ८० वर्ष नाघेकामा प्रति हजार ४० जना व्यक्तिहरु यो रोग द्वारा पिडित छन् । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार आज संसारभर लगभग ६० लाख मानिसरू यो रोगद्वारा पिडित छन् । 

रोगका लक्षणः
यो रोग लागेका व्यक्तिहरूमा विशेषतm हातको कम्पन, मांशेपेशीहरूमा कडकता, हिँडाई तथा चाल सन्तुलन नहुने, शरीर कुप्रिने, हिड्न अप्ठ्यारो हुने, अनुहारको मुखाकृती, भाव र मुद्राहरू असामान्य हुने, ¥याल चुहिने, निद्रा नलाग्ने, गन्ध थाहा पाउन गा¥हो हुने, उदाशी तथा खिन्नता बढ्ने, दृष्टि विकृत हुने, कुनै कुरामा एकाग्रता लय तथा ध्यान दिन गा¥हो हुने, आवाज मसिनो हुनै जाने जस्ता समस्याहरू देखा पर्दछन् । 

तौल घट्ने, कब्जीयत हुने, श्वास बढ्ने, काम शक्तिको क्षय जस्ता लक्षणहरु पनि देखा पर्दछन् । यो रोग लागेको रोगीहरु सिधा उभिन नसक्ने हुन्छन् भने, रोगीका घूडा र कुहिनाहरू पनि मोडिएका हुन्छन् । हातका औंलाहरू कपासबाट बत्ति कात्दा औला चलाए जस्तै निरन्तर चलिरहन्छन् । 

हिँड्दा रोगी लामो पाइला लिएर हिँड्न सक्दैन । चप्पल जूत्ता घिस्रिन सक्छ । उठ्न बस्न गा¥हो हुन्छ । हिँड्दा खुट्टाहरू सँगसँगै हात चल्दैनन् भने आँखा झिम्किने क्रमको आवृत्ती कम हुन जान्छ । खाना खान, चपाउन र भोजन निल्नमा समस्या देखा पर्न जान्छ । हिँड्न चल्न रोड क्रस गर्नमा पनि मुस्किल हुन जान्छ । यो रोगको निधानका लागि विशेषतः केस हिष्ट्री र शाररीक परिक्षण मै निर्भर हुनु पर्ने हुन्छ । माथि वर्णित लक्षणहरू महसुस भएको खण्डमा जति सक्दो चाँडो चिकित्सकिय परामर्श लिनु पर्ने हुन्छ । 

जोखिममा को को छन् ?
पारकिन्सन रोगको जोखिममा को को छन् भनेर निर्धारण गर्न सकिएको छैन तथापि रोगद्वारा पिडित मध्ये १०% रोगीको परिवारका सदस्यमा पनि यो रोग पाइएको छ । त्यसैगरी ट्राई–क्लोरो–इथाईलीन (टीसीई) नामक पदार्थको प्रयोग गर्ने व्यक्तिहरूमा पनि यो रोग ज्यादा पाइएको छ ।

त्यसैगरी यो रोग लागेका मध्ये धेरै व्यक्तिहरूको व्यक्तित्व कडा, उग्र र धेरै सावधानि लिने खालको पाइएकाले यसलाई धेरै सावधानी लिनेको रोग मानिएको छ । विशेषत रक्षा बिभागमा संलग्न व्यक्तिहरू, ठूला युद्ध लडेका सैनिकहरू, विषाक्त रसायनसँग काम गर्नेहरू, ज्यादा चिन्ता र तनावग्रस्त जीवन जिउनेहरू, क्लोस्टेरोलका समस्या भएकाहरू, अनिन्द्राका रोगीहरू मस्तिष्क सङ्क्रमण तथा मस्तिष्क घातका रोगीहरू, भिटामिन डी र ई को कमी भएकाहरू लामो समय सम्म रासायनिक औषधि खानेहरू यो रोगका जोखिम वर्गमा पर्दछन । कारण थाहा नभए पनि डोपामाईन उत्पादन गर्ने कोषहरुको मृत्यु अक्सिडेटिभ स्ट्रेसका कारणले हुने गर्दछ । 

उपचारः
आजका मितिसम्म यो रोगको उपचार पत्ता लागिसकेको छैन । यो रोग लागेकाहरुले विशेषतः व्यक्तिगत हेरचाहमा ध्यान पुर्याउनु पर्ने हुन्छ । खास गरी हिँड्दा डुल्दा शारीरिक सन्तुलन बिग्रन गई लड्ने तथा चोटपटक लाग्नका साथै अन्य दुर्घटना हुन सक्ने खतरा रहन्छ । रोगलागेका व्यक्तिहरुले कहिल्यै पनि हरेस खानु हुँदैन । 

उच्च मनोवलका साथ रोगको प्रतिकार गर्न सके सहज जीवन जीउन मद्दत मिल्दछ । रोगको निदान चाँडै हुन सके रोगीलाई विभिन्न मेडिकल, सर्जिकल तथा पुर्नस्थापनीय (रिह्याब्लिटेशन) जस्ता उपचार विधिहरुद्वारा केही राहत पुर्याउन सकिन्छ । 

विशेषतः रोगका लक्षणहरूलाई  लेभोडोपा, कार्विडोपा र अन्य लक्षण सामक औषधिहरू तथा प्यालिडोक्टोमी, थैलामेक्टोनी र डिप–बे्रन–स्टिमुलेसन जस्ता सर्जीकल विधिहरूको प्रयोग प्रचलीत छन । “स्टेम–सेल” सम्बन्धी खोज तथा अनुसन्धान हरु पनि यो रोगका लागी आशाका किरण भएर उदायका छन् । तर, यी विधिहरूको प्रयोग गरेकाहरूमा पनि रोग पूर्णरुपमा निको हुन नसकेकाले रोगीलाई पूर्नःस्थापनिय तथा प्राकृतिक उपचार विधिहरू विशेष महत्वका साथ दिने गरिएको छ । 

यो रोग लागेका व्यक्तिहरुले नियमित रुपमा अङ्ग व्यायाम, रिढ व्यायाम सिथिलिकरण व्यायाम, प्रातभ्रमण जस्ता व्यायम विधिहरूको प्रयोग नियमित रुपमा गर्नु पर्दछ । मांशपेसीको कडकता कम गर्नका लागि स्ट्रेचिङ्ग, सम्पूर्ण शरीरको मालिस डिलक्स हाइड्रो मालिस, फोहोरा स्नान, स्पाइनल स्प्रे जस्ता विधिहरुसमेत लाभकारी छ ।

त्यसैगरी सिरोधारा, उष्णपादस्नान, मातृकास्नान, एनिमा, वैट शिट प्याक, जस्ता विधिहरुले पनि ठूलो फाइदा पुर्याउछ । तनाव कम गर्नका लागी योग आसन, योग निद्रा, माइन्ड साउन्ड रेसोनेन्ट टेक्निक, प्राणिक इनरजाईजीङ्ग टेक्निक, सेल्फ मेनेजमेन्ट अफ एक्सेसिभ टेन्सन, जेकब्सन प्रोग्रेसिभ मसल्स् रिल्याक्सेसन टेक्निक, डिप रिल्याक्सेसन् टेक्निक, क्विक रिल्याक्सेसन टेक्निक, ईन्स्टेन्ट रिल्याक्सेसन् टेक्निक जस्ता विश्रामका विधिहरू उपयोगी छन् ।

यो रोग लागेका रोगीहरूले खानपिनमा पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । खानामा भिटामिन डी, ई, बी, र सी पाईने तत्वहरुको विशेष समायोजन होस । कागती पानी वा नरिवलको पानीले पनि यो रोगमा फाइदा पुर्याउँछ । यो रोग भएकाहरूले दिमागलाई लठ्याउने खाद्य तथा पेयहरूको सेवन गर्नु हुदैन ।


(लेखक “न्युरल स्टेम सेल” विज्ञानका अनुसन्धानकर्ता हुन् ।)

Last modified on 2022-05-15 09:14:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts