ब्रेन स्ट्रोक के हो ? यसको उपचार सम्भव छ ? (भिडियोसहित)



Download our app to get more features

ब्रेन स्ट्रोकलाई नेपालीमा मष्तिकघात वा पक्षघात भन्ने गरिन्छ । सामान्यतया हाम्रो समाजमा यसलाई प्यारालाइसिस भएको रोग भनेर पनि बुझ्ने गरिन्छ । 

ब्रेन स्ट्रोकका लक्षणहरू प्यारालाइसिस मात्र होइन, त्यो बाहेक अन्य लक्षणहरू पनि हुन्छन् । 

मष्तिकघात दुई प्रकारका हुन्छन् । एउटा दिमागभित्र रगत लैजाने नलीहरू बन्द भएर दिमागभित्र हुनुपर्ने रक्तसञ्चार हुन नसकी हुने स्ट्रोक र अर्को मष्तिकभित्र भएका रगतका नलीहरू कुनै कारणले सुकेर ल्याउन सक्ने स्ट्रोक हो । 

यी दुबैका लक्षणहरू प्रायः मिल्दोजुल्दो नै हुन्छ । यी लक्षणहरूमा हामीले निकै ध्यान दिन आवश्यक छ । किनकी बेलैमा यी लक्षणहरूको बारेमा थाहाँ भएमा उपचार गर्न सकिन्छ । 

समयमा नै उपचार हुन सकेमा ब्रेन स्ट्रोकको सफल उपचार पनि हुन्छ । सामान्य भाषामा यसका लक्षणहरूलाई बुझन विश्वभर नै बी फास्ट भनिन्छ । यो भन्नाले हिँड्दा राम्रोसँग हिँड्न नसक्ने, आँखाको दृष्टिमा असर पर्ने, मुख बाङ्गिने, हात वा खुट्टा एकतर्फको सबै प्यारालाइसिस हुने हुन् । यो बाहेक बोली लडबरिने वा बोल्नै नसकिने हुने लक्षणहरू देखा पर्दछ । 

ब्रेन स्ट्रोक यहि कारणले हुन्छ भन्ने हुँदैन । तर, उमेर बढ्दै जाँदा, अन्य रोगहरू जस्तै उच्च रक्तचाप,  मधुमेह, मद्यपान धुम्रपान गर्ने व्यक्तिहरूलाई बे्रन स्ट्रोक हुने सम्भावना बढी हुन्छ । तर, कतिपय युवा उमेरका व्यक्तिहरूलाई पनि ब्रेन स्ट्रोक भएको देखिएको छ । 

ब्रेन स्ट्रोक भएका धेरै व्यक्तिहरूमा प्यारालाइसीसको समस्याहरू बढी देखिने हुन्छ । शरीरको एकभाग नचल्ने, मुख बाङ्गिने वा बोली जाने जस्ता कुराहरू ब्रेन स्ट्रोक भएका व्यक्तिहरूमा देखिन्छ । 

ब्रेन स्ट्रोकको उपचार हेर्ने हो भने औषधि सेवन गर्ने र अलि जटिल भएमा शल्यक्रिया गर्ने गरिन्थ्यो । तर, अहिले विश्वमा न्यूरो इन्टरभेन्सन उपचार पद्धतिले बे्रन स्ट्रोकको उपचारमा परिवर्तन ल्याएको छ । यो उपचार पद्धति नेपालमा पनि २ वर्षदेखि प्रयोगमा छ ।

न्यूरो इन्टरभेन्सन भनेको टाउको भित्रको रोगहरूको उपचार शल्यक्रिया नगरी गर्ने उपचार पद्धति हो । यसमा हात वा खुट्टाको नशाहरुबाट तारहरु छिराएर मष्तिकसम्म पूगी उपचार गर्ने गरिन्छ ।

हेरौं भिडियोमाः

Last modified on 2022-04-07 14:51:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts