पाइल्सबाट बच्न खानपिन सुधारौं

योगले पाइल्सबाट छुटकारा



Download our app to get more features

पाइल्स मलद्धारमा हुने एक विशेष प्रकारको रोग हो । यसलाई मेडिकल भाषा मा हेमराइड्स पनि भनिन्छ ।  

यो यस्तो अवस्था हो जब मलद्धारको भित्र अथवा बाहिर रक्त नलीमा सुजन आउँछ जसले गर्दा मासु बढेको जस्तो अनुभव हुन्छ । यो फुटेमा रगत बग्छ भने न फुट्दा सम्म केहि समस्या न देखिन पनि सक्छ । 
अध्ययन अनुसार ७० प्रतिशत मानिसमा कुनै न कुनै बेला पाइल्सको समस्या देखिन्छ । उमेर अनुसार यो समस्या बढ्दै जान्छ । परिवारमा कुनै एक सदस्यमा यो समस्या छ भने पाइल्स हुने सम्भावना बढि हुन्छ ।

लक्षण
सामान्य पाइल्सका लक्षणहरु गंभीर हुदैनन् र कुनै कुनै आफै निको हुन्छ ।
१. मल द्धारको घेरा वरिपरि मासु बढेको अनुभव हुनु ।
२. दुखाई हुन पनि सक्छ न हुन पनि सक्छ ।
३. दिशा बसे पछि पेट सफा न भएको अनुभव हुनु ।
४. रगत देखिन पनि सक्छ, न देखिन पनि सक्छ ।
५. दिशा गर्दा आँउ परेको जस्तो चिल्लो पद्धार्थ निस्कने ।
६. मल द्धार रातो हुने, पोलने, सुनिने आदि ।

कारण 
१. कब्जियत पाइल्सको प्रमुख कारण हो ।
२. दिशा गर्दा धेरै समयसम्म कन्नु ।
३. पटक पटक दिशा गर्न जानु ।
४. अधिक भार उठाउँदा पनि पाइल्स हुनसक्छ
५. शरीरको अधिक वजन 
६. बलपुर्वक दिशा गर्र्ने बानि आदि ।

अवस्था 
पाइल्सलाई ४ अवस्थामा विभाजन गरिएको छ ।

पहिलो अवस्था : यसमा पाइल्सको मासु वाहिर देखिदैन, कहिले काहि रगतको समस्या देखिन्छ ।

दोस्रो अवस्था : यसमा मासु दिशा गर्दा वाहिर आउछ अनि धकेल्नु पर्छ ।

तेस्रो अवस्था : मासु वाहिर नै बस्छ, धकेलेर पनि भित्र जादैन, दुखाई पनि हुन सक्छ ।

चौंथो अवस्था : यसरी बाहिर निस्किएको गाँठोलाई हातले ठेलेर पनि भित्र पठाउन सकिँदैन। यसको उपचार अब चिकित्सक को सहायताले मात्र गर्नसकिन्छ, बाहिरी पाइल्समा प्रायजसो  चिलाइ र दुखाइ बढी महसुस हुन्छ, गाँठो पनि हुनसक्छ। भित्री पाइल्समा कुनै पनि प्रकारको दुखाइको अनुभव हुँदैन तर रगत आउनेगर्दछ।

पाइल्सको उपचार
पाइल्सबाट जोगिन दिसालाई नरम बनाउने उपायहरु अवलम्बन गर्नैपर्छ जसमा सागसब्जी र पानीको प्रशस्त सेवन गर्नुपर्छ भने माछा(मासु र रक्सीको सेवन बन्द गर्नुपर्छ । पाचन जन्य फलफुल तरकारी खानुपर्छ । अधिक समय सम्म शौचालयमा बस्नु हुदैन ।

हामी धेरैको दिसा रोकेर राख्ने बानी हुन्छ । यस्तो कदापि गर्नु हुँदैन । त्यसर्थ, आजबाटै यस्तो बानी त्यागिदिनुहोस ।

पहिलो र दोस्रो अवस्थाको पाइल्सको लागि लगाउने एंव खाने औंषधिले पनि निको हुन सक्छ, दुखाइ कम गर्न आराम, औषधि सेवन, सफासुग्घर तथा सिजबाथ उपयुक्त हुन्छ ।

तेस्रो र चौथों अवस्थाका पाइल्सलाई क्षार सुत्र चिकित्सा पद्धतबाट   पुर्ण रुपमा निको पार्न सकिन्छ ।

योगद्धारा पनि पाइल्स रोगबाट बच्न सकिन्छ,  जस्तै कपालभाति, पवनमुत्रासन, मूडभांसन, शंख प्रजतान क्रिया द्रारा   पाइल्स हटाउन सकिन्छ ।

पाइल्स रोगीले खानपिनमा विशेष ध्यान दिनु पर्छ ।    

 

Last modified on 2016-08-19 18:34:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts