छालालाई सुन्दर बनाउन सनस्क्रिनको प्रयोग गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिन डा. बज्राचार्यको सुझाव



Download our app to get more features

छाला शरीरको संवेदनशील अङ्गमध्येको एक महत्त्वपूर्ण अङ्ग हो । छाला संवेदनशील भएकै कारण यसको विशेष रेखदेख गर्नुपर्छ । अन्यथा छालामा विभिन्न समस्या देखिन सक्छ । जसले तपाईंको सौन्दर्यलाई पनि प्रभावित पार्न सक्छ । कारण, तपाईंको छालाले तपाईंको सौन्दर्यलाई बढाउने काम गर्छ । 

हामीले छालालाई सुन्दर र चम्किलो बनाउनका लागि विभिन्न क्रिम वा चिजबिजको प्रयोग गर्ने गरेका हुन्छौं । विशेषगरी कस्मेटिक तत्त्वहरूको प्रयोग बढी हुन्छ । विभिन्न प्रकारका लोसन वा क्रिमको प्रयोग सबैभन्दा बढी प्रयोग हुन्छ । त्यसमा पनि अनुहारको छालालाई सुन्दर बनाउन विभिन्न प्रयोग पनि गरिन्छ । तर, सहि तरिकाले प्रयोग र सहि क्रिम छनौट गर्न सकिएन भने त्यसले समस्या निम्त्याउन सक्छ । त्यसैले छालालाई कसरी सुरक्षित र कस्ता क्रिम लगाउने विषयमा जान्नु आवश्यक हुन्छ । 

नर्भिक अस्पतालमा कार्यरत छालारोग विशेषज्ञ डा.शीरापा ब्रजाचार्य छालालाई सुन्दर बनाउन र कस्ता क्रिमको प्रयोग गर्नेबारे यसो भन्नुहुन्छः

सूर्यबाट विभिन्न खालका किरणहरू आइरहेका हुन्छन् । त्यसले हाम्रो छालामा नकारात्मक प्रभावहरू पारिरहेको हुन्छ । त्यसबाट छालालाई जोगाउनका लागि सनस्क्रिनको प्रयोग गर्ने गरिन्छ । 

नकारात्मक प्रभावहरूमा रिङ्कलहरू आउने, सनबर्न हुने, कालो धब्बाहरू आउने, चाँया पोतो हुने र छालाको क्यान्सर हुने जोखिम पनि हुन्छ । 

सनस्क्रिनमा एस पी एफ हुन्छ । त्यो भनेको सन प्रोटेक्सन फ्याक्टर हो । यदि सनस्क्रिनमा एस पी एफ ३० लेखिएको छ भने यसले सूर्यको नकारात्मक किरणबाट ९७ प्रतिशत जोगाउन सक्छ । त्यस्तै एस पी एफ ५० लेखेको छ भने त्यसले सूर्यको नकारात्मक किरणबाट ९८ प्रतिशत बचाउँछ । 

सनस्क्रिनको एस पी एफ पाउन हामीले सहि तरीकाले प्रयोग गर्नुपर्ने हुन्छ । यदि हामी घर बाहिर छौं भने सनस्क्रिनको प्रयोग समय समयमा गर्न आवश्यक छ । तर, घर भित्र हुँदा एक पटक प्रयोग गर्दा हुन्छ । 

सूर्यबाट आउने नकारात्मक किरणलाई सनस्क्रिनले शतप्रतिशत प्रतिशत नै ब्लक गर्छ भन्ने हुँदैन । त्यसैले बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्मको सूर्यको किरणबाट टाँढा हुँदा राम्रो हुन्छ । 

त्यस बाहेक बाहिर निस्कदा कालो रङ्गको छाता ओड्ने, कालो रङ्गको चस्मा लाउने ह्याटहरू लगाउने गरेमा सूर्यकोे नकारात्मक किरणबाट केहि मात्रामा बच्न सकिन्छ । 

आफ्नो छालालाई राम्रो हुने सनस्क्रिन नै राम्रो सनस्क्रिन हो । ६ महिना भन्दा सानो नानीहरूलाई सनस्क्रिनको प्रयोग गर्नु हुँदैन । त्यो भन्दा माथिका उमेरको सबैले प्रयोग गर्नुहुन्छ । तर, यदि दिनभरी बाहिर रहनुहुन्छ भने प्रयोग गर्दा राम्रो । 

यस्तै हामीले बिहान मुख धोएपछि भिटामिन सी दिने क्रिम लगाउनुपर्दछ । त्यसपछि मोस्चराइजर लगाउने अनि सनस्क्रिन लगाउनुपर्दछ । सनस्क्रिन लगाएको १५ देखि ३० मिनेट पछि मात्र अन्य क्रिमहरू लगाउने गर्नुपर्दछ । बाहिर निस्कदा पनि सनस्क्रिन लगाएको १५ देखि ३० मिनेछ पछि मात्र निस्कदा राम्रो । 

यदि छाला ड्राइ अर्थात् सुक्खा खालको छ भने क्रिम वा लोसन भएकोे सनस्क्रिन प्रयोग गर्दा राम्रो । तर एकदमै चिल्लो खालको छ भने जेल भएको लगाउने । 

सनस्क्रिनको प्रयोग गर्दा अलिकति अध्ययन गरेको गर्नुपर्ने हुन्छ ।

Last modified on 2022-01-25 15:02:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts