जोर्नी प्रत्यारोपण गरेपछि केही समयमै हिँडडुल गर्न सकिन्छ : डा.बास्कोटा



Download our app to get more features

काठमाडौं,२७ मंसिर । मानिसको  उमेर बढ्दै जाँदा उनीहरुको शरीरमा ओएर एण्ड डेयरको फिनोमेना हुन्छ । 

समय अनुसार उनीहरुकोे शरीरको बनोट,शरीरको तौल,उनीहरुले गर्ने क्रियाकलाप परिवर्तन हुँदै जान्छ । त्यसले गर्दा शरीरको तल्लो भागका जोर्नीहरुमा बढी लोड पर्छ र ओएर एण्ड डेयरको फिनोमेना उत्पन्न हुन्छ । 

त्यसले जोर्नीको घरहरु साँघुरो भएको हुन्छ जसले गर्दा हड्डिहरु एकअर्कामा रग्डिन थाल्छन् ,दुख्ने हुन्छ,दुखाइ विस्तारै बढ्दै जाने हुन्छ र मानीसहरुको क्रियाकलापमा असर पार्न थाल्छ । 

यो प्रत्यारोपण घरबाट बाहिर नै निस्कन नसक्ने,बसेपछि उठ्नै नसक्ने,धेरै दुखाइ हुने जस्ता परिस्थितिमा गरिन्छ । यसको प्रत्यारोपण पछि मानिसहरुको दुखाइ कम हुने गर्दछ । 

युवा अस्वस्थाका व्यक्तिहरुलाई जोर्नीको प्रत्यारोपण कम मात्रामा गरिन्छ । यदि गर्नु नै परेमा उनीहरुलाई धेरै क्वान्सिलिङ गर्ने गरिन्छ । 

युवाहरुमा जोर्नीको प्रत्यारोपण गर्दा १०र१५ वर्षपछि लुज हुने,कम्पोनेटहरुमा ब्रकेज हुन सक्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्थामा पुन नयाँ जोर्नी हाल्नुपर्ने अवस्था आउँछ । 

नेपालको अवस्थालाई हेर्ने हो भने घुडाको जोर्नीको समस्या युवा अवस्थाका महिलाहरुमा बढी देखिएको छ । तर यहि कारणले महिलाहरुमा बढी समस्या देखिएको छ भनेर भन्न सकिएको छैन् ।  

नेपालमा अधिंकाश नेपालीहरु टुक्रुक्क बस्छन्,पलेटि कसेर बस्छन् त्यसले गर्दा घुडाको जोर्नीमा असर पुर्याउछ । त्यस कारणले पनि जोर्नीको समस्या बढी हुने गर्दछ ।  

जोर्नीको अपरेसन गरेको १ वा २ दिनमै बिरामीहरुलाई हिँडाउने,टेकाउने गर्न थाल्छौं ।

अपरेसन पछि बिरामीहरुको दुखाई पूर्ण रुपमा कम हुन र राम्रोसँग हिँड्न ६ महिना लाग्ने गर्दछ ।

बिरामीको अवस्था र उनीहरुले लीने सेवा सुविधाबाट कति खर्च हुन्छ भन्ने कुरा निर्भर हुन्छ ।

सामग्रीको खर्च हेर्ने हो भने डेढ देखि दुई लाखसम्म पर्न जान्छ । समग्रमा ४ देखि ५ लाखसम्म यसको प्रत्यारोपण हुन्छ ।

Last modified on 2021-12-15 09:48:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts