पाठेघरको मुख र स्तनक्यान्सर सम्बन्धी निःशुल्क कार्यक्रम सम्पन्न
चितवन, २७ साउन । चितवनको भरतपुरस्थित नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, बीपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालको प्रविधिक सहयोग र संञ्जीवनी फाउण्डेशन नेपालको सहयोगमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी भीआइए टेष्ट सम्पन्न भएको छ ।
दुई दिन चलेको कार्यक्रममा १ सय १५ जना महिलाको जाँच भएको थियो । जसमध्ये ५ जनामा पोजेटिभ देखिएको संस्थाका अध्यक्ष शिवप्रसाद सापकोटाले जानकारी दिए ।
उक्त कार्यक्रममा संञ्जीवनी फाउण्डेशन नेपालका पदाधिकारी र क्यान्सर अस्पतालका अधिकारीहरुले सचेतना विस्तार गरे ।
Last modified on 2016-08-11 12:36:16
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>