बालबालिकामा कोरोना भाइरसको जोखिम कति ? जानौं



Download our app to get more features

काठमाडौं,२६ कात्तिक । कोरोना महामारी सुरु भएदेखि हालसम्मको अवस्था हेर्ने हो भने यसको प्रभाव ठूला मान्छेमा भन्दा बालबालिकामा कम देखिएको छ । कारण, बालबालिका अन्य उमेर समूहभन्दा कमै मात्र भिडभाडमा जाने गरेका छन् भने बालबालिका जम्मा हुने विद्यालयहरू बन्द रहेका छन् । 

त्यस्तै बालबालिकामा अरु भाइरल इन्फेक्सनहरू ठूला मानिसकोभन्दा बढी हुने गर्दछ । अरु भाइरल इन्फेक्सन हुँदा हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास हुन्छ । त्यसले कोरोना भाइरससँग लडन सहयोग पुर्याउँछ । त्यसले गर्दा बालबालिकामा सङ्क्रमण कम देखिएको हो ।

नवजात शिशुमा पनि कोरोना सङ्क्रमण हुन सक्छ । बच्चा आमाको पेटमा हुँदा आमालाई र बच्चालाई छुट्टाउने टिस्यू हुन्छ । त्यसलाई पेसेन्टा भनिन्छ, त्यो पेसेन्टाबाट पनि बच्चालाई कोरोना सर्न सक्छ । 

त्यसैगरी डेलिभरीको समयमा पनि बच्चालाई कोरोना सङ्क्रमण हुनसक्छ । आमाले बच्चालाई दूध खुवाउने बेलामा पनि बच्चालाई कोरोना सङ्क्रमण हुन सक्छ । 

यदि कोरोना पोजेटिभ आमाले कोरोना पोजेटिभ बच्चा जन्माएमा २४ घन्टाभित्र सबै जाँच गराउनु पर्दछ । जाँच गराएपछि आमा बच्चालाई नै पोजेटिभ आएमा आमासँगै राख्दा हुन्छ । तर, आमालाई वा बच्चालाई मात्र पोजेटिभ आएमा छुट्टै राख्नुपर्दछ । 

कोरोनाबाट बालबालिकालाई बचाउन भिडभाडमा लानु हुँदैन । २ वर्षमाथिका बालबालिकालाई अनिवार्य मास्कको प्रयोग गराउनुपर्दछ । त्यस्तै स्यानिटाइजरको प्रयोग राम्रोसँग गर्नुपर्दछ । 

बालबालिकामा कोरोना सङ्क्रमण हुने सम्भावना धेरै नै छ । किनकि नेपालमा बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छैनन् । त्यस्तै उनीहरुले स्वास्थ्य मापदण्ड पनि राम्रोसँग पालना गर्न सकेका हुँदैनन् । 

बालबालिकालाई एक्कासी ज्वरो आएमा वा सामान्य ज्वरो पनि निरन्तर ३ दिनसम्म आइरहेमा अस्पताल लानुपर्दछ । त्यस्तै सास फेर्न गाह्रो भएमा,निरन्तर बान्ता गरेमा,झाडापखाला भइराखेमा, आँखा रातो भएमा,शरीरमा बीबीरा आएमा, शरीरमा निलडाम आएमा, अन्य क्रियाकलापहरू कम भएमा अस्पताल लानुपर्दछ । 

सबै कोरोना सङ्क्रमित बालबालिकालाई अस्पताल लागेर भर्ना गर्नुपर्छ भन्ने छैन् । सामान्य खालको कोरोनालाई घरमा नै उपचार गर्न सकिन्छ । हल्ला ज्वरो आएमा पारासिटामोलको प्रयोग गर्ने, झोलिलो भिटामिनयुक्त खानेकुराहरु खुवाउनु पर्दछ । उनीहरूलाई धेरै आराम गराउनुपर्दछ । 

यदि बालबालिकालाई उच्च ज्वरो आएमा,सास फेर्न गाह्रो भएमा अस्पताल लैजानुपर्दछ । अस्पतालमा भर्ना भएपछि बालबालिकामा निमोनिया देखिएमा एटिबायोटिक इन्जेक्सनबाट खुवाउने गरिन्छ । त्यसपछि फोक्सोलाई सहज बनाउनका लागि स्टोडिज औषधि प्रयोग गरिन्छ । 

कोरोनाले जटिल अवस्थामा पुगेका बालबालिकालाई रेम्डेसिभर औषधिको प्रयोग गरिन्छ । अर्को प्लाज्मा थेरापीबाट पनि उपचार गर्ने गरिन्छ । यदि यो सबै उपचार गर्दा पनि निको नभएमा आइसीयूमा राखेर उपचार गरिन्छ ।

(डा.ढकाल बाल रोग विशेषज्ञ हुन्) 

Last modified on 2021-11-13 07:34:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts