समयमा पहिचान र उपचार गरे मष्तिष्कघातको दिर्घगामी असरबाट बच्न सकिन्छ



Download our app to get more features

सन्दर्भ :  विश्व पक्षघात दिवस
आज अक्टोवर–२९,विश्व पक्षघात दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईदै छ । यस वर्षको मुख्य नारा  'Precioustime' समय मूल्यवान भन्ने छ, जसको अर्थ समयमै पक्षघातको लक्षणहरु पहिचान गरेर विरामीलाई अस्पताल लगेमा दिमागको नसाहरु निष्क्रिय हुनेबाट बचाउन सकिन्छ , जसले गर्दा मष्तिष्कघातबाट हुने दिर्घगामी असरबाट हामी बच्न सक्छौं ।

विश्वको परिप्रेक्षमा हेर्दा हरेक वर्ष एक करोड तीस लाख मानिसलाई मष्तिष्कघात हुन्छ र यसले गर्द वर्षेनी ५५ लाख  मानीसहरुलाई मृत्युको मुखमा पुर्याउँछ ।  हरेक ६ सेकेन्डमा एकजनालाई मष्तिष्क घातले असर गर्दछ र हरेक ४ जनामा एक जनालाई मष्तिष्कको लक्षण देखिन्छ । संसारमा पक्षघात (स्ट्रोक) मुटुको रोग पछी दोस्रो ठूलो मृत्युको कारण हो । यो आकडा हेर्दा मष्तिष्कघातको असर भयावह रुपमा देखिन्छ र खासगरी अल्पविकसीत र विकासोन्मुख देशमा सम्पूर्ण मष्तिष्कघात मध्ये ७०–८० %  मष्तिष्कघातका बिरामीहरु भटिन्छन् । 

नेपालको ई.सं.२०१८ को आंकडा हेर्दा सम्पूर्ण मृत्युको ९.७३% मृत्यु  (१६२०३) जना स्ट्रोकको कारण भएको देखिन्छ र सोही सालमा अन्दाजी ३२,००० जना स्ट्रोकले प्रभावीत भएको  देखिन्छ । पछिल्लो सामुदायीक अध्यनमा पक्षघातको फैलावट २.४% देखिन्छ र हरेक १००,००० मा अन्दाजी ३००० जनामा समुदायमा पक्षघातको विरामी भटिन्छ । 

पक्षघात किन हुन्छ । लक्षण के–के हुन् ?

मष्तिष्कघात/पक्षघात हुनुको कारण धेरै जसो ६०–७० % मा मष्तिष्कमा रगत संचालनहुने नसा बन्द हुनु हो । जसलाई हामीइस्केमिक स्ट्रोक भन्दछौं र २० –३०%रगतको नसा फुट्ने हुन्छ र त्यसलाई हेमोरेजीक स्ट्रोक भनिन्छ । नसाबन्द भएपछी जुन ठाउँको रगत संचालन बन्द भयोे त्यही मष्तिष्कको हिस्साले गर्नुपर्ने काममा असर आउँछ र विभिन्न लक्षणहरु देखिन्छ । सामान्यतय मष्तिष्कघातका प्रमुख लक्षणलाई अंग्रजीमा BEFAST(Balance, Loss of eye sight, Facial drooping, Arm weakness, Speech, Time) र नेपालीमा स.अ.ज.ब.ह.स भनेर सम्झनु भएमा यसका लक्षणहरु पहिचान गर्न सजीलो हुन्छ । 
स–सन्तुलन गुम्नु 
अ– अनुहार बांगो हुनु
ज–आँखाको ज्योती गुम्नु
ब– बोली लरबराउनु 
ह–हात खुट्टा लुलो हुनु
स–समयमा उपचार गराउनु 
माथि दिइएका मुख्य लक्षण मध्यकुनै पनि लक्षण कुनै व्यक्तिमा देखिएमा मष्तिष्कघात हुनसक्छ भनेर तुरुन्तअस्पताल लैजानुपर्दछ । 

पक्षघातका कारक तत्वहरु के–के हुन् ?

विभिन्न जोखिम कारक तत्वले पक्षघात हुनसक्छ उच्च रक्तचाप मधुमेह, मोटोपना, धुम्रपान, निष्क्रियजीवनपद्धती, अस्वस्थ आहार र मुटुको चालको गडबढि ( Atrial Fibrillation) मुख्य कारक तत्वहरु हुन् । यी सबै कारक तत्वहरुलाई नियन्त्रण गरेमा हामी ८०–९०% मष्तिष्कघातबाट बच्न सक्छौं । यदि तपाईलाई आफ्नो मष्तिष्कघातको हुन सक्ने सम्भावनाको आकलन गर्न इच्छा छ भने स्ट्रोक रिस्कोमिटर (Stroke Riskometer) भन्ने मोबाईल एप निशुल्क नेपाली भाषामा पनी पाउन सकिन्छ जसलाई  University या Auckland  ले विकास गरेको छ र नेपाल पक्षघात संघले नेपालीमा अनुवाद गरेको छ ।  यो एपलाई आजको मिति देखि नै आफ्नो मोबाईलमा डाउनलोड गरेर आफ्नो मष्तिष्कघातको सम्भावना निकालौ र त्यहिअनुसार हामी सावधान बनौं । 
 

मष्तिष्कघातको उपचार कसरी गरिन्छ ?

यदि तपाई मध्य कसैको परिवारको सदस्य वा समुदायको कसैलाई माथि उल्लेखित लक्षण देखेमा तुरुन्त अस्पताल जानुपर्दछ । अस्पतालमाआकस्मीक कक्षमा तपाईको प्रारम्भीक जाच गरिन्छ र सि.टि स्केन वा एम. आर. आई गरेर कुनप्रकारको मष्तिष्कघात हो, छुट्याईन्छ । यदि मष्तिष्तघात इस्केमिक (Ischemic)  हो भने रगतको ढिक्का (Clot)  फटाउने औषधी ब्तिभउबिकभ दिएर बन्दभएको नसालाई खोल्ने प्रयास गरिन्छ । यदि ठुलो नसा बन्द छ भने औषधीको साथै विरामीलाई क्याथल्याव (Cathlab) रगतको ढिकालाई विषेश प्रकारको पाईप वाजाली(Aspiration Catheter) प्रयोग गरेर नसा खुलाउने प्रयास गरिन्छ । यदि समय मै –मष्तिष्कघात भएको ४ः३० घन्टा भित्र) हामी अस्पताल पुग्यो भने उक्त उपचारको लाभ लिन सक्छौ र मष्तिष्कघातबाट हुने दुरगामी असर र प्यरालाईसिसबाट बच्न सक्छौ । मष्तिष्कघात फेरि नदोरीईयोस भनेर रगतपातलो गर्ने औषधीहरु दिइन्छ र साथै जोखिमका कारण विशेष गरि उक्त रक्तचाप र मधुमेहको उचित नियन्त्रण गरिन्छ । अस्पतालमा र अस्पतालबाट डिस्चार्ज भएपछि पनि फिजीयोथेरापीका साथै पुर्नस्थापनामा विशेष जोड दिईन्छ । 


नेपालमा पक्षघात उपचारको अवस्था र चुनौती

हाम्रो देशको भौगोलीकअवस्था र विकाटता र उपचारको साधनश्रोतका साथै मानवशक्तिको अभाव पक्षघातको उपचारका चुनौतिहरु हुन् । यसकालागि सरकारी प्रतिबधताका साथै पक्षघातलाई जनसमुदायको आपतकालीन रोग पहिचान गरेर निम्नकदमहरु चाल्नुपर्ने देखिन्छ । 
१. अहिले विद्घमानमानव स्रोत र सेवा सुविधाको आकलन गरेर आवश्यकता र विद्घमान अवस्थाको खाडललाई पहिचान गर्ने ।
२. हरेक क्षेत्रीय स्तरमा कम्तिमा एक–एक ओटा पक्षघात उपचार गर्ने मिल्ने अस्पतालको विकास गर्ने र उपयुक्त उपचार र जनशक्तिलाई तालिम गराई चरणबद्धरुपमा पक्षघातको सेवा सुरु गर्ने । 
३. जनमानसमा पक्षघातको जनचेतना फैलाउने । 
४. देशव्यापिरुपमा पक्षघातको तथ्याङकलाई  (Stroke Registry) व्यवस्थापन गर्ने ।
५. टेलिस्ट्रोक (Telestroke) विकास गर्ने ताकिदुर्गम ठाउँमा यसको उपयोग गरि पक्षघातको विरामीलाई समयमै पहिचान गरि उपचार गर्ने सकियोस् । 

नेपाल पक्षघात संघले पक्षघात सम्बन्धि जनचेतना फैलाउनका साथै विभिन्न ठाउँमा चिकित्सकहरुलाई तालीम र ज्ञान वर्धक कार्यक्रमहरु गर्दै आएको छ । नेपाल पक्षघात संघले युनिभर्सिटि अफहाईडलबर्ग  (University of Heidelberg) को सहकार्यमा “नेपाल स्ट्रोक प्रोजेक्ट” संचालन गर्ने जमर्को गरिराखेको छ । उक्त प्रोजेटको उदेश्य जनचेतना फैलाउनको साथै उपचारको लागि विभिन्न अस्पातलमा चिकित्सक,  स्टाफ नर्स, इमरजेन्सी चिकित्सक, फिजीयोथेरापिस्टहरुलाई तालिम प्रदान गर्ने हुने छ । यसका साथै अस्पतालको स्ट्रोक सम्बधि तथ्याङक(Stroke Registry) व्यवस्थापन गर्नमा सहयोग गर्नेछ । यदि हामी सबै हातेमेलो गर्यौभने हाम्रो देशको विधमान पक्षघात सम्बधि उपचारको चुनैतिहरुलाई सामाना गर्न सक्ने छौ । 
 

डा. राजु पौडेल
डीएम न्यूरोलोजी/ सिनीयर कन्सल्टेन्ट न्यूरोलोजीस्ट

Last modified on 2021-10-29 16:08:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts