इन्डोस्कोपी स्पाइन सर्जरीका यस्ता छन् फाइदा...
नेपालमा स्पाइनका बिरामीको संख्या धेरै छ । विशेषतः मेरुदण्ड वा ढाडको नसा साघुरो हुने च्यापिने समस्या बढी छ । यस्तो समस्याको उपचारका लागि इन्डोस्कोपी स्पाइन सर्जरीको प्रभावकारी बढीरहेको छ । के हो इन्डोस्कोपी स्पाइन् सर्जरी ? यो कसरी गरिन्छ र यसका फाइदा के छन् ? भनेर अर्थोपेडिक सर्जन डा. मंगल प्रसाद हिराचन यसो भन्छन् ।
के हो इन्डोस्कोपी स्पाइन सर्जरी ?
सामान्यतया इन्डोस्कोपी स्पाइन सर्जरी भनेको मिनिमल इन्भेजिभ सर्जरी हो । स्पाइन वा ढाडको नसा आउने ठाउँ साँघुरो भएको वा नसा च्यापिएको ठाउँमा लोक्कल एनेस्थेसिया दिई सानो प्वाल (एक सेन्टीमिटर) पारिन्छ । त्यस प्वालबाट इन्डोस्कोपीको प्रविधि छिराई के कस्तो समस्या छ सो हेरिन्छ र यस्तो समस्याको सल्यक्रिया गरि समधान गरिन्छ । जसलाई इन्डोस्कोपि स्पाइन सर्जरी भनिन्छ ।
कसरी गरिन्छ इन्डोस्कोपि स्पाइन सर्जरी ?
इन्डोस्कोपि मार्फत जुन ठाँउको नसामा समस्या देखिएको छ, त्यहाँ लोकल एनेस्थेसिया दिई एक सेन्टीमिटर जति प्वाल पारिन्छ । र आवश्यक उपकरणको साहायताले नशा काँहा निर, कति ,कसरी बन्द भएको ,च्यापिएको वा साँघुरिएको र एकीन गरिन्छ र सर्जरी गरिन्छ ।
धेरै ठाँउमा समस्या देखिए इन्डोस्कोपि स्पाइन सर्जरी कत्तिको प्रभावकारी हुन्छ ?
हो, धेरै ठाउँमा यस्तो समस्या आएको अबस्थामा चै यो त्यती प्रभावकारी हुदैन् । तर दुई ठाँउसम्म समस्या देखिए एउटै प्वालबाट इन्डोस्कोपि गरि त्यसको सर्जरी गर्न सकिन्छ ।
यस प्रविधिबाट स्पाइनको सर्जरी गर्दा के के फाइदा हुन्छ ?
यस प्रविधिबाट सर्जरी गर्दा धेरै फाइदा हुन्छ । जस्तै, पुरानै तरिकाले सल्यक्रिया गर्दा बिरामीलाई पुरै बेहोस बनाउनु पर्ने, धेरै भाग काट्नु पर्ने हुँदा धेरै मांशपेशीहरु नष्ट हुने , घाउँ निको हुन लामो समय लाग्ने, पाक्ने ,बढी रक्तश्राव हुने, अस्पताल धेरै दिन बस्नु पर्ने लगाएतका समस्या आउन सक्छ । तर यो प्रविधिबाट सल्यक्रिया गर्दा निम्न फाइदा हुन्छन् ः
- थोरै घाउ (एक सेन्टीमिटर जति) हुने ।
- पुरै बेहोस बनाउनु पर्दैन् । लोकल इनेस्थेसियाबाट गर्ने हुँदा पछि आउने साइड इफेक्टबाट बचाउन सकिने ।
- रक्तश्राव कम हुने ।
- घाउ छिट्टै निको हुने ।
- लामो समय अस्पताल बस्नु पर्दैन् ।
- साधारण खान खाना धेरै समय मुख बार्नु पर्दैन् ।
- तनाव कम, समयको बचत र घाउ छिटो निको हुन्छ ।
कत्तिको महंगो छ यो प्रविधि ?
विकसित राष्ट्रहरुमा स्पाइनमा देखिएका समस्याको सल्यक्रियाको लागि धेरै पहिलेदेखि यो प्रविधि प्रचलनमा छ । पछिल्ला केही वर्ष यता यस्को प्रभावकारीता पनि बढ्दो छ । तर नेपालमा भने अझै यो प्रविधि नौलो नै छ । कमै मात्र अस्पतालमा यो प्रविधि प्रयोगमा ल्याइएको छ ।
धेरै व्यक्तिको भ्रम छ की यो प्रविधिबाट सर्जरी गर्दा निकै महंगो छ , रोग पूर्ण रुपमा ठीक हुदैन् । तर त्यसो हैन् ,यो प्रविधिबाट सल्यक्रिया गर्दा पनि लगभग पुरानै तरिकाले सल्यक्रिया गर्दा आग्ने खर्च जति नै लाग्छ । यसमा लाग्ने खर्च अस्पाल अनुसार फरक फरक पनि पर्न सक्छ । समय ,खर्च र साइड इफेक्ट हुने संभावना न्यून रहेकाले पनि यो प्रविधि निकै उपयुक्त मानिन्छ ।
यस प्रविधिबाट शल्यक्रिया गर्दा पुनः दोहोरिने सम्भावना कत्तिको रहन्छ ?
यो प्रविधि र पुरानो प्रविधि दुबैबाट सल्यक्रिया गर्दा दोहोरीने सम्भावना नगन्य मात्रमा रहन्छ । तर पुरानो प्रविधि भन्दा यो निकै उपयुक्त हुन्छ ।