लगातार स्क्रिनमा हेर्दा आँखामा कस्तो असर पर्छ ? यसो भन्छिन् डा. मिना कुँवर

आँखा शरीरको महत्त्वपूर्ण अङ्ग हो । जसले दृष्टिको काम गर्छ । मानव शरीरमा दुई आँखा हुन्छन्। आँखाको फोटोरिसेप्टर प्रकाशलाई विद्युतीय सिग्नलमा परिवर्तन गर्दछ। यो सिग्नललाई अप्टिक स्नायु मष्तिश्कमा पुर्याउँछ र व्यक्तिलाई दृष्टिको अनुभुती हुन्छ।
पछिल्लो समय कोरोना महामारीले गर्दा जारी निषेधाज्ञाले बालबालिकाहरु अनलाईन क्लास पढिरहेका छन् ।
लामोसमयसम्म मोबाइल वा ल्यापटपको स्क्रिनमा हेरेर अनलाईन कक्षामा सहभागी हुँदा अधिकांश बालबालिकामा ‘आँखाको इन्फेक्सन’ बढ्दाे क्रममा छ ।
त्यसले गर्दा आँखाको समस्याका बिरामीहरु बढी रहेको छ ।
लगातार स्क्रिनमा हेर्दा आँखामा के असर पर्छ ?
मोबाइल वा ल्यापटपको विकीरणले आँखा सुख्खा बनाउने
लगातार स्क्रिनमा हेर्दा आँखा सुक्ने, दुख्ने
आँखा सुख्खा भएपछि आँखा चिलाउने बिझाउने पोल्ने
पोजिसन मिलाएर नबस्दा आँखासँगै घाँटी र ढाडमा पनि समस्या देखिन्छ
यसबाट कसरी बच्न सकिन्छ ?
- बालबालिकालाई लगातार मोबाइल वा ल्यापटपको स्क्रिन अगाडी बस्न नदिने
- बालबालिकालाई बसाईको पोजिसन मिलाएर मात्र मोबाइल ल्यापटप चलाउन दिने
- Formula of 20"20 अथवा स्क्रिनमा हेरेको प्रत्येक बिस मिनेटमा २० सेकेण्डमा आँखा बन्द गर्ने
- समय-समयमा आँखाको परीक्षण गराउने
- ४० वर्ष भन्दामाथि उमेर समूहका मानिसहरुले नियमित रूपमा आँखा परीक्षण गर्ने
आँखामा कालो ढुसी भएको कसरी थाहा पाउने ?
कोभिड १९ को संक्रमण हुँदैमा आँखामा कालो ढुसी भयो भनेर आत्तिहाल्नुपर्ने हुँदैन् ।
आँखामा कालो ढुसीको संक्रमण हुनासाथ हल्का ज्वरो आउने, शरीर गल्ने, आँसु झर्ने, आँखा रातो हुने, आँखामा कचेरा लाग्ने, आँखाको पाप्रा उक्किने, आँखाको भित्रि जालो सेतो हुने, चम्किलो प्रकाशमा हेर्न गाह्रो हुने लगायतका समस्या देखापर्छ।