ब्लड क्यान्सरको उपचार सम्भव छ ? यसो भन्छन् डा.श्रेष्ठ (भिडियोसहित)



Download our app to get more features

मानिसमा हुने विभिन्न प्रकारका क्यान्सहरुमध्येको एक हो ब्लड क्यान्सर, जसलाई  प्राणघातक रोग पनि भन्ने गरिन्छ । जसको उपचार समयमा नै हुन सकेन भने मानिसको ज्यानसमेत जाने गर्दछ । यो क्यान्सर कुनै पनि उमेरका मानिसलाई हुन सक्छ ।

कन्सल्टेन्ट क्लिनिकल हेमाटोलोजिस्ट डा.अमित श्रेष्ठका अनुसार अहिले ब्लड क्यान्सरको केशहरु विश्वसँगै नेपालमा पनि बढ्दो छ । 

ब्लड क्यान्सरका लक्षणहरु :
ज्वरो आइराख्ने
गल्ने
थाक्ने 
चक्कर लाग्ने
अलिकति हिँड्दा दम बढेको जस्तो हुने
शरीरमा निलो रातो धब्बाहरु देखिने
नाक गिजाबाट रगत बग्ने
कलेजो सुनिने

के कारणले हुन सक्छ ब्लड क्यान्सर
डा. श्रेष्ठका अनुसार अहिलेसम्म ब्लड क्यान्सर यहि कारणले हुन्छ भन्ने कुरा पता लागेको छैन् । तर, विभिन्न अध्ययनले वतावरण प्रदूषण, हानिकारक रसायन, खानामा बढी जंक फूड खानाले र हाम्रो परिवर्तित जीवनशैलीले गर्दा ब्लड क्यान्सर हुन सक्ने देखाएको छ । 

ब्लड क्यान्सरको उपचार :
ब्लड क्यान्सरको उपचार केमो थेरापी नै हो । केमो थेरापी सँगसँगै अन्य हेरचार गर्नुपर्छ । धेरै जोखिम भएका बिरामीहरुको भने बोनम्यारो ट्रान्सप्लान्ट गरिन्छ । ब्लड क्यान्सरको यीे सबै उपचार भने नेपालमा नै हुने गरेको छ ।     

हेरौं भिडियोमा :

Last modified on 2021-09-15 10:25:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts