नेपालमा आत्महत्याको व्यवहार देखाउने मध्ये अधिकांशमा डिप्रेसन : प्रा.डा. धनरत्न शाक्य



Download our app to get more features

काठमाडौं, २५ भदौ । नेपालमा आत्महत्याको व्यवहार देखाउने अधिकांशमा डिप्रेसन र दुर्व्यसनीको समस्या देखिएको मनोचिकित्सकहरुले निष्कर्ष निकालेका छन् ।

नेपालमा आकस्मिक मनोस्वास्थ्य सेवामा आउने प्रति ५ जना बिरामीहरुको समुहमा एक जनामा आत्महत्याको समस्या देखिएको छ ।

छारे रोग जस्ता अन्य विभिन्न रोगहरूमा पनि धेरै आत्महानी र आत्मदाहको व्यवहार देखाउने गरेको चिकित्सकहरु बताउँछन् । आत्महत्याको व्यवहार देखाउने मानिसहरू मध्ये एक तिहाई भन्दा धेरैमा नशा सेवन र दुर्व्यसनीको लत भएको प्रा. डा. धनरत्न शाक्य बताउँछन् ।

नेपालको सन्दर्भमा तनाव लगायत विशेषतः कलह, स्वास्थ्य र आर्थिक समस्याले आत्महत्या बढेको एक निश्चित समयमा गरिएको अध्ययनले बताएको पा. डा. शाक्यले बताए । आत्महत्याको व्यवहार देखाउने मानिसहरू मध्ये अधिकांशमा आवेशमा आउने, अस्थिर, मनस्थिति जस्ता समस्याजनक स्वभाव र व्यक्तित्व जन्य प्रवृत्ति लगायतका व्यक्तिहरू हावी भएको डा. बताउँछन् ।

प्रा. डा. शाक्यको नेतृत्व र संलग्नतामा विभिन्न समयमा नेपाली पृष्ठभूमिमा आत्महत्याको समस्यालाई बुझ्ने दिशामा शोधहरू भएका छन् । उक्त शोधबाट प्राप्त निचोडको आधारमा डा. शाक्यले आफ्नो भनाई राखेका हुन्

Last modified on 2021-09-10 15:53:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts