कोरोनाविरुद्धको खोप र गर्भवति महिलाका लागि डा.दंगालको सुझाव



Download our app to get more features

कोरोना महामारीको जोखिमबाट बच्नका लागि अहिलेको एक मात्र उत्तम विकल्प भनेको कोरोनाविरुद्धको खोप अनिवार्य रुपमा लगाउनु हो । सरकारले गत वर्ष माघ १४ गतेदेखि सुरु गरेको खोप अभियान अन्तर्गत हाल विभिन्न उमेर समूहलाई र विभिन्न वर्गलाई कोरोनाविरुद्धको खोप लगाइरहेको छ । तीनैमध्यको एक समूह हो, गर्भावस्था । गर्भवस्था र स्तनपान गराई रहेकाका लागि कोभिडको खोप सुरक्षित र प्रभावकारी छ । त्यसकारण गर्भवति महिलालाई पनि खोप लगाउनु पर्छ ।

कोभिडको खोपबारे जानकारी  :

  • कोभिडको खोप –जुनसुकै चरणको गर्भावस्थामा पनि सुरक्षित र प्रभावकारी पाइएको छ ।
  • अमेरिकामा १ करोड ३० लाखभन्दा बढी गर्भधारण गरेका महिलाले यो खोप (खासगरी फाइजर र मर्डना) लगाइसकेका छन्  र जसमा कुनै किसिमको समस्या देखापरेको छैन ।
  • यो खोपमा भ्रुण तथा गर्भवती महिलाका लागि हानी गर्ने कुनै तत्व छैन ।
  • यो खोप बनाउँदा जीवाणुको कुनै जीवित अंश प्रयोग गरिएको छैन । 
  • खोप लगाएकाहरुमा कोभिड भएको खण्डमा रोगको असर कम हुने र अन्य समस्याहरुमा पनि कमी देखिएको छ  । 
  • खोपको नकारात्मक असर सामान्य हुन्छन् । कसैकसैलाई खोप लगाएको ठाउँमा दुख्ने, टाउको दुख्ने, ज्वरो आउने आदि हुन सक्छ । 

खोपबारे सुझावहरु :

  • खोप लगाएकी महिला गर्भवती हुन सक्छिन् । कोभिड–१९ खोपले गर्दा गर्भवती हुन सक्दिनन् भन्नेमा कुनै आधार या प्रमाण भेटिएको छैन ।
  • आइभिएफ (IVF) उपचार गरिहेकाका लागि पनि कोभिड–१९ को खोप सिफारिस गरिन्छ ।
  • गर्भवती भएकाहरुको लागि पनि कोभिड –१९ को खोप सिफारिस गरिन्छ ।
  • गर्भवती महिलाहरुलाई कोभिडको खोप अन्य उमेर समूहका समुदायसँगसँगै एकै समयमा दिइनुपर्छ ।  
  • गर्भवती महिलाहरुलाई खोपले कुनै नकारात्मक असर गर्दैन भनि विश्वस्त गराउनुपर्छ । खोपको दोस्रो मात्रा १२ हप्ताको फरक पारेर दिए पनि हुन्छ । तर यतिनै फरक गर्नुपर्छ या पर्दैन भन्ने कुनै आधिकारिक प्रमाण भने छैन ।   
  • खोपको दोस्रो मात्रा तेस्रो त्चष्mभकतभच या प्रशव हुन अगाडि दिइसकेको हुनुपर्छ किनकि यस अवधिमा जोखिमको सम्भावना बढी हुन्छ । 
  • कोभिड १९ खोप लिनको लागि स्तनपानलाई रोक्नुपर्दैन ।   

३५ वर्षभन्दा माथिका, मोटोपन भएका वा अन्य शारीरिक समस्या भएका महिलाहरुलाई कोभिड १९ को जोखिम बढी हुन्छ । गर्भवती महिलाहरुमा यस संक्रमणले अझै गम्भीर रुप देखाइरहेको छ। यसबाट गर्भवती महिलाहरु मात्र नभई उहाँहरूको गर्भमा रहेको शिशुलाई समेत असर पर्न सक्ने देखिन्छ।  

 

(प्रा.डा.दंगाल नेपाल प्रसुती तथा स्त्रीरोग विशेषज्ञ समाजका अध्यक्ष हुन् र जन स्वास्थ्य सरोकार ट्रष्ट नेपालको प्राज्ञिक निर्देशक पनि)

Last modified on 2021-08-31 14:52:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts