गर्दनको दुखाई बेवास्ता नगरौं, पक्षघात हुनसक्छ (भिडियोसहित)

What's This?


Download our app to get more features

गर्दनको दुखाईले तत्कालै गम्भीर असर नगर्ने हुँदा धेरैले यसलाई सामान्य रुपमा लिन्छन् । तर, गर्दनको दुखाई निरन्तर भइरह्यो भने त्यसलाई बेवास्ता गर्नु हुँदैन । लामो समयसम्म गर्दनको दुखाईको बेवास्ता गर्दा गम्भीर अवस्था श्रृजना हुन सक्छ । गर्दन दुख्ने कारण, यसबाट बच्ने उपाय बारे हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अभय यादवको भनाइ यस्तो छ ।

गर्दनको पछाडीको भागमा रहेको हड्डीमा समस्या भएमा वा हड्डीमा नयाँ हड्डी पलाए वा गर्दनको मांसपेशीमा समस्या भए गर्दन दुख्ने गर्छ । गर्दन दुख्ने समस्या प्रायः जसो कम्प्यूटर वा मोबाइलमा लामो समय काम गर्ने, अप्ठयारो पोजिसनमा सुत्ने मानिसमा बढी देखिन्छ ।  
गर्दन दुख्ने मुख्य कारण :

  • गर्दनको हड्डीमा समस्या आउनु ।
  • गर्दनको मांसपेशीमा समस्या आउनु ।
  • गर्दनको हड्डीमा अर्को हड्डी पलाउनु ।
  • अप्ठयारो वा गह्रौ सामान उचाल्नु । 
  • ओस्टियोपोरोसिस, गर्दनको हड्डी वा डिस्कमा हर्नियाले संक्रमण गरेमा ।
  • गर्दनमा घाउ चोट लागेमा । 
  • लामो समय कम्प्यूटर वा मोबाइल चलाउनु ।  
  • सिरानी नमिलाई सुत्नु । 

लक्षण:

यसको प्रमुख लक्षण भनेकै दुखाई हो । दुख्ने कारण अनुसार यसका लक्षणमा पनि फरक पर्न सक्छ । यी बाहेक,

  • घाँटी वरिपरीको भागमा मन्द दुखाई हुनु ।
  • हात झम्झमाउनु वा अप्ठयारो महशुस हुनु ।
  • शरीर अप्ठयारो भएको महशुस हुनु ।
  • टाउको दुख्नु, रिंगाटा लाग्नु ।
  • हात चलाउन असहज हुनु ।

बच्ने उपाय:

  • कम्प्युटर वा मोबाइलमा लामो समय काम गर्दा बीच बीचमा आराम गरेर यताउती चल्ने । 
  • सुत्दा सिरानी मिलाएर सुत्ने ।
  • बढी गह्रौ वा अप्ठयारो सामान एक्कासी नउठाउने ।
  • गर्दनको हड्डीमा अर्को हड्डी पलायो भने चिकित्सकको सल्लाह बमोजिम उपचार गर्ने ।
  • कुनै रोग वा घाउ चोटबाट दुखेको भए सोको उपचार गर्ने । 

गर्दनको सामान्य दुखाइ वा दुई तीन दिनपछि आफै निको भयो भने सामान्य रुपमा लिनुपर्छ । तर, दुखाई बढ्दै गयो, लामो समय दुखी र¥यो भने दुखेको कारण पत्ता लगाई उपचार गरिहाल्नु पर्छ । सुरुवाती अवस्थामै यसको उपचार सही भयो भने पूृर्ण निको हुन्छ । अन्यथा गर्दनको हड्डीमा गम्भीर असर पर्दै गयो भने त्यसको असर हात चलाउन गाह्रो हुने, शरीरको एक भाग नै नचल्ने वा पक्षघात हुन पनि सक्छ । यसर्थ गर्दनको दुखाईलाई सामान्य रुपमा लिनुहुँदैन । 

हेरौं भिडियोमा :

Last modified on 2021-08-29 12:40:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts