नेपालगञ्जमा क्यान्सर अस्पतालको सेवा शुरु
नेपालगञ्ज, २१ साउन । बाँकेको नेपालगञ्जमा स्थापना भएको नेपाल क्यान्सर अस्पतालले सेवा शुरु गरेको छ ।
बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरको प्राविधिक सहयोगमा र सरकारले शुरु गरेको नेपाल क्यान्सर अस्पताल नेपागञ्जले बाँकेको खजुरामा सेवा सञ्चालन सुरु गरेको हो ।
यहि साउन १८ गते क्यान्सर अस्पताल भरतपुर, नेपाल सरकार र नेपाल क्यान्सर अस्पतालबीच भएको सार्वजनिक सहभागिता संझौता कार्यक्रम अन्र्तगत गैर नाफमुलक संस्थाको रुपमा सेवा शुरु भएको हो ।
भरतपुर क्यान्सर अस्पतालले तीन वर्षसम्म प्राविधिक सहयोग गर्ने सहमति भएलगत्तै अस्पतालले सेवा शुरु गरेको भरतपुर क्यान्सर अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा. प्रकाशराज न्यौपानेले जानकारी दिए ।
नयाँ क्यान्सर अस्पतालको सञ्चालक समितिमा ९ जना सहस्य रहनेछन् । जसमध्ये भरतपुर क्यान्सर अस्पतालबाट २ जना, नेपाल क्यान्सर अस्पतालबाट २ जना र नेपाल सरकारबाट ५ जना रहने व्यवस्था छ ।
नेपालगञ्जको पुरानो एअपोर्ट खजुरामा स्थापित अस्पतालले ओपिडी सेवा सञ्चालनमा ल्याएको हो । ३ वर्षभित्र अस्पतालले आफ्नै आर्थिक नियमावली बनाउने र सरकारी मापदण्ड पूरा भएपछि अन्य सेवाहरु थप गर्ने अस्पतालको योजना छ ।