हड्डि खिइने समस्या के हो ? लक्षण र जोगिने उपायबारे यसो भन्छन् डा.अन्सुल (भिडियोसहित)



Download our app to get more features

विशेषगरी उमेर ढल्किदै जाँदा मानिसहरुमा हड्डि खिइने समस्या देखिन थाल्छ । तर, हिजोआज उमेर ढल्किनेहरु मात्रै नभई जोकोहीलाई पनि यो समस्या देखिने गरेको पाइन्छ । केहि भागको हाडजोर्नी समस्या बयस्कहरुलाई देखिन्छ भने केहि भागको हाडजोर्नी समस्या उमेर परिवर्तन हुँदै जाँदा देखिन्छ । अहिले धेरै मात्रामा घुँडाको हाडजोर्नी समस्या र कम्मरको हाडजोर्नी समस्या देखिने गरेको पाइएन्छ ।
 
हाडजोर्नी रोग विशेषज्ञ डा. अन्सुल राजभण्डारीका अनुसार सामान्यतया घुडाँको हाडजोर्नी समस्या उमेरसँगैको परिवर्तनसँगै देखिन्छ । ४० वर्षमाथिका व्यक्तिहरुमा धेरै घुँडाको हाडजोर्नी समस्या देखिने गरेको पाइन्छ । तर, सबै ४० वर्षमाथिका व्यक्तिहरुमा भने यो समस्या नदेखिन पनि सक्छ । कम्मरको जोर्नीको समस्याहरु भने धेरै वयस्कहरुमा देखिने गरेको छ । 

हाडजोर्नी समस्याबारे बुझौं :
सामान्यतया जोर्नीको समस्या भन्नाले जोर्नीको हड्डि खिइँदै जानु हो । पछिल्लो समय घुँडाको जोनीर्को हड्डि खिइँदै जाने र कम्मरको जोर्नीको हड्डि खिइँदै जाने समस्याका कारण मानिसहरु बढी प्रभावित भएको पाइन्छ । 

किन खिइन्छ घुँडाको हड्डि ?
घँुडाको हड्डि उमेर अनुसार शरीरमा आउने परिवर्तनका कारण खिइँदै जाने हुन्छ । तर, सबैमा भने यो लागू नहुन पनि सक्छ । त्यस्तै कुनै व्यक्तिमा बाथ रोगको समस्या छ भने पनि हड्डि खिइने समस्या देखिन सक्छ । 

कस्ता लक्षण देखिन्छ ? 
घुँडाको जोर्नीको हड्डि खिइँदा हिड्न गाह्रो हुने । 
घुँडा राति सुत्दा दुख्ने 
सिडि चढदा र झर्दा घुँडा दुख्ने 
कहिलेकाहीँ घुँडा सुन्निने पनि हुन्छ
घुँडालाई छुदा थिच्दा दुख्ने 
हिँड्दा जोर्नीमा आवाजहरु आउने  

जोर्नी खिइनबाट कसरी बचाउने ?
सबैभन्दा महत्त्वपूर्ण त जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । धेरै हिड्ने गर्नुपर्छ भने मोटोपनालाई नियन्त्रणमा राख्नुपर्छ । कारण, शरीरको सबै तौल जोर्निहरुमा पर्ने हुन्छ । खानपान सन्तुलित राख्नुपर्छ । प्रोटिनयुक्त खानाहरु बदाम, काजु, लगायत खाने गर्नुपर्छ ।

जोर्नी खिइएको छ भने उपचार विधि के हुन सक्छ ?
जोर्नी खिएको उपचारको सरल माध्यम भनेको फिजियोथेरापी नै हो । त्यस्तै कसरत गर्ने, घुँडाको कसरत गर्ने गर्नुपर्छ । हिँड्न गाह्रो भएमा सामान्य साहायक उपकरणहरुको प्रयोग गर्ने । धेरै दुखाई हुँदा पारासिटामोल खाने । त्यसपछि इन्जेक्सनहरु पनि लगाउने गरिन्छ । जोर्नी खिएको अन्तिम उपचार विधि भनेको जोर्नीको प्रत्यारोपण नै गर्ने हो ।

जोर्नी प्रत्यारोपण गर्दा कति खर्च लाग्छ ?
नेपालमा जोर्नी प्रत्यारोपण गर्दा धेरै खर्च लाग्ने गर्दछ । जोर्नी प्रत्यारोपण गर्दा प्रयोग हुँने उपकरणहरु बाहिर देशबाट आउने र नेपालमा नपाइने हुँदा यसको खर्च बढि लाग्ने हो । नेपालमा जोर्नी प्रत्यारोपण गर्नका लागि साढे तिन लाख देखि लिएर ४ लाख सम्म लाग्ने गर्दछ । 

घरायसी उपचार :
जोर्नी खिइने पहिलो स्टेजमा जोर्नीको कसरत गर्ने
घुँडाको तिघ्राको व्यायाम गर्ने
दुख्ने ठाउँमा व्यान्डेज वा पट्टि लगाएर हिँड्ने
हट ब्यागले सेक्ने
हिँड्ने बेला सर्पोटहरु लिएर हिँड्ने 

कम्मर जोर्नीको समस्या :
कम्मरको जोर्नीको समस्याहरु धेरै बयस्कहरुमा देखिन्छ । बाल्य अवस्थामा बालबालिकाको हड्डिमा इन्फेक्सन हुँदा कम्मरको जोर्नीको समस्या देखिन्छ । दुर्घटना हुँदा धेरै हड्डि भाच्चिदा पनि कम्मरको जोर्नीको समस्या देख्न सकिन्छ । त्यस्तै विभिन्न रोगहरुको उपचार गर्दा स्टोरेन्ट गर्दा त्यसको प्रभावले कम्मरको जोर्नीको गेडिमा रक्तसञ्चार हुन सक्दैन र कम्मरको जोर्नीको समस्या देखिन्छ । 

कम्मरको जोर्नी खिइँदाको लक्षण :
हिड्दा दुख्ने
हिँड्न नसकिने
जोर्नी खुम्चाउन नसकिने
भुइँमा बस्न नसकिने 

उपचार विधि :
बीरामीको अवस्था हेरेर यसको उपचार गरिन्छ । सुरुमा सरल विधिबाट उपचार गरिन्छ । त्यस्तै कम्मर हुने गेडिमा प्वाल पारेर रक्तसंञ्चार गर्ने गरिन्छ । अन्तिम अवस्थामा कम्मरको हडि फेर्नुपर्ने हुन्छ ।

हेरौं भिडियो :

Last modified on 2021-08-16 08:33:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts