बालबालिकामा संक्रमण बढ्दो क्रममा, अभिभावकले ध्यान दिनुपर्ने कुराहरु



Download our app to get more features

नेपालमा कोरोना महामारीको दोस्रो लहर साम्य नहुँदै तेस्रो लहरको संकेत देखिन थालेको भन्दै सरकारले सबैलाई सचेत गराएको छ । दैनिक थपिने नयाँ संक्रमितको दर तेस्रो लहर तर्फ उन्मुख भएको भन्दै सरकारले सबै जिल्लालाई आवश्यकता अनुसार कडाई र निषेधाज्ञा गर्नपनि भनिसकेको छ । सोहि अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा कडाई गरिएको छ । 

यतिहुँदा पनि दैनिक संक्रमण दरमा १८ वर्ष मुनिका बालबालिका बढी रहेको पाइएपछि त्यसले थप चिन्ता बढाएको छ । सरकारले अद्यावधिक गर्ने दैनिक कोरोना सम्बन्धी तथ्याङ्कमा १८ वर्ष मुनिका झन्डै २ देखि ३ सय र १० वर्ष मुनिका झन्डै १ सयको हाराहारीमा बालबालिकामा संक्रमण देखिन थालेको छ । हुन त यो अहिले नै भयावह स्थितिमा पुगेको छैन । तर, सचेत र सतर्क समयमै भइएन भने त्यसले भयावह स्थिति निम्तिन बेर लाग्दैन ।

गत २४ घन्टामा उमेर अनुसार थपिएका संक्रमित

बालबालिकामा संक्रमणको जोखिम तेस्रो लहरमो उच्च हुने भन्दै विज्ञ र चिकित्सकहरुले सुरुदेखि नै चेतावनी दिँदै आएका छन् । हुन त पहिलो र दोस्रो लहरमा पनि बालबालिकामा संक्रमण देखिएको थियो तर, तेस्रो लरहमा झन् भयावह हुन सक्ने वैज्ञानिहरुले पनि बताउँदै आएका छन् । जसको प्रमुख कारणको रुपमा खोपलाई नै लिने गरिन्छ । किनकी १८ वर्ष मुनिका बालबालिकाका लागि खोप नेपाल आइपुगेको छैन भने बेलायत र अमेरिकामा १२ वर्षभन्दा माथिका लागि खोप लगाउन थालिएको छ । तर, हालसम्म त्यसबारे कुनै ठोस परिणाम भन्न सक्ने अवस्था रहेको छैन । जसले गर्दा जोखिम कायमै छ ।

नेपालमा पछिल्लो समय दैनिक अस्पताल आउनेमध्ये २ देखि ३ जना बालबालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि हुन थालेको विभिन्न अस्पतालहरुको तथ्याङ्कमा देखिन्छ । अस्पताल आउने बढि जसो बालबालिकामा घर परिवारका सदस्यबाट र गाउँघरमा बालबालिकाबाट अभिभावकमा संक्रमण सर्ने गरेको पाइएको छ । कारण, शहरबजार तिर अभिभावकहरु अधिकांशले खोप लगाइसकेका छन् भने गाउँघरमा खोप अझै पर्याप्त मात्रामा पुग्न सकेको छैन । जसले गर्दा शहरबजारमा काम गर्ने अभिभावकले गर्दा बालबालिमा जोखिम बढेको छ भने गाउँघरमा बालबालिका बाहिर घुलमिल हुने हुँदा उनीहरुबाट अभिभावकमा वा अभिभावकबाट बालबालिमामा कोरोना संक्रमण हुने जोखिम बढेको छ ।
  
हुन त खोप लगाइसकेकाबाट पनि बालबालिकामा संक्रमण सरिरहेको हुँदा अभिभावकहरुले विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । 

अहिले सरकारको दैनिक तथ्याङ्क हेर्ने हो भने दैनिक १० देखि १२ प्रतिशत बालबालिकामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये १० प्रतिशत बालबालिकालाई मात्रै अस्पताल चाहिए पनि दैनिक ३५ देखि ४० बालबालिका अस्पताल भर्ना भइरहेका छन् । यो संख्या भनेको डर लाग्दो संख्या हो ।

बालबालिकालाई कोरोनाको जोखिमबाट बचाउन अभिभावकले के गर्ने ?
सबैभन्दा महत्त्जपूर्ण त बालबालिकालाई शिक्षा नै दिनुपर्छ । विशेषगरि बुझ्ने उमेरका बालबालिकालाई कोरोनाबारे शिक्षा दिनुपर्छ । उनीहरुलाई सचेत गराउनुपर्छ । अर्को भनेको शहरतिरका बालबालिका अर्काको घरमा जाने अवस्था कम हुने र गाउँघरमा बढी हुने भएकाले अभिभावकले र छिमेकीले बालबालिकालाई मास्क लगाएर पठाउने, बारम्बार हात धुन लगाउने, कोइ बिरामी छ भने बिरामी छ रोग लाग्न सक्छ भनेर सम्झाउने गर्नुपर्छ । त्यस्तै कामकाजमा जाने अभिभावकले सकेसम्म घरमा आउने बितिकै लूगा बाहिरै निकाल्ने वा फेर्ने व्यवस्था गर्ने, नुहाएर मात्रै घरमा जाने, बालबालिकाले छुनुभन्दा पहिले आफूलाई सफा राख्ने जस्ता काम गर्न सकेमा धेरै हदसम्म जोगाउन सकिन्छ ।

Last modified on 2021-08-13 13:39:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts