‘दुर्गममा सेवा पुर्याउन अस्पतालमा पूर्णकालिन काम गर्ने सोच छैन’
एक जना दन्त चिकित्सक जो अस्पतालमा बसेर निरन्तर बिरामी जाँच गर्न रुचाउँदैनन् । अचम्म लाग्न सक्छ, अस्पतालमा नबसेर के गर्ने । हामी त गाउँगाउँमा पुग्नु पर्छ र सेवालाई दुर्गम क्षेत्रसम्म पुर्याउनु पर्छ ।
शिविर चल्दै गर्दा भूकम्प
म धादिङ्गको खहरेमा जिल्ला अस्पतालको आयोजनामा गरिएको शिविरमा व्यस्त थिएँ । २०७२ साल वैशाखको १०, ११ र १२ गतेका लागि शिविरको आयोजना गरिएको थियो । दुई दिनको शिविर सकिएको थियो र तेस्रो दिन चल्दै थियो ।
शिविर चल्दै गर्दा अचानक भूकम्पको महसुस भयो । भूकम्प अत्याधिक ठूलो थियो । धेरै घरहरु आँखा अगाडी लडे, धेरै मानिसले आँखा अगाडी ज्यान पनि गुमाए । शिविरमा आएका चिकित्सकहरु सामान्य चेकजाँचबाट सिधै आपतकालिन सेवामा खटिन बाध्य भए ।
दाँतको डाक्टर भएपनि मैले गर्न सक्ने त गरेकै थिएँ, सँगै मानवताका नाताले मनमा भएको डर र त्रासलाई अलि पर पन्छाउँदै मानविय सेवामा हामी लागिरहयौं । बारम्बार घरबाट फोन पनि आइरहेको थियो । घरबाट टाढा भएकोले पनि हुनसक्छ परिवारका सदस्यहरु उनको अवस्थाका बारेमा चिन्तित थिए । तर म मानव सेवामा व्यस्त भएँ ।
सोलुखुम्बुको शिविर सम्झँदा
सोलुखुम्बुको बिकट क्षेत्र बुक्सा र खुम्बारीमा शिविरका लागि भनेर पुगेको थिएँ । भौगोलिक विकटताका कारण मोबाइलमा नेटवर्क थिएन । यसअघि पनि निरन्तर घरको सम्पर्कमा रहने गरेपनि यस पटक म १० दिनसम्म सञ्चार सेवाबाट टाढा रहेँ ।
सोलुखुम्बुको शिविरको अन्तिम दिन थियो । एक जना युवक आफ्नो दाँतमा किरा लागेको कारण उनीसम्म आइपुगे । युवा भन्दै थिए दाँतमा किरा लागेर अत्याधिक दुःख दिएको छ । पटक पटक उपचार गराउँदा पनि समस्याको समाधान भएन ।
उनले भने, ‘यो दाँत निकालि दिनुपर्यो ।’ दाँत मानिसको सुन्दरताको एउटा पाटो हो । त्यसैले मैले दाँत ननिकाल्न सल्लाह दिँदै उनको मात्र किराको अन्त्य गर्ने सुझाएँ । ती यूवा आफ्नो पीडा कम भएको भन्दै खुसी खुसी भएर स्थानिय रुपमा उत्पादन गरिएको ठूलो चक्लेट ल्याएर मलाई उपहार दिए ।
शिविर सकिएको अन्तिम दिन गाउँले गरेको माया र बिदाई आजसम्म पनि उनको आँखा अगाडी नै छ । यति धेरै माया र सम्मान अस्पतालमा बसेर उपचार गर्दा कहिल्यै पाइँदैन । ‘यस्तो सम्मान र मायाले मलाई अझ धेरै गाउँगाउँमा गएर सेवा गर्ने भावलाई मलजल गरेको छ ।
एक वर्षमा १० फरक फरक ठाउँमा शिविर
धादिङ्गबाट आफ्नो शिविर यात्रा सुरु गरेपनि म फरक फरक १० गाउँमा शिविरमा पुगिसकेको छु । म यो यात्रालाई निरन्तरता दिनका लागि कुनै अस्पतालमा पूर्णकालिन भएर काम गर्ने सोचमा छैन ।
जिल्ला जनस्वास्थ्यसँग धादिङ्ग गएपछि बेलायतको क्याम्ब्रिज, जर्मनको लुडाक पार्टन पार्टनसीप डाक्टर र अन्य विभिन्न समुहसँग धादिङ्ग र सोलुखुम्बु बाहेक पनि सिन्धुपाल्चोक, नुवाकोट, गोरखा लगायतका विभिन्न जिल्लामा पुगेर मैले बिरामीको सेवा गर्ने मौका पाइसकेको छु ।
मिलिजुली सेवा गर्ने सोच
आजसम्म अरुको सहयोगमा विभिन्न गाउँमा शिविरमा गएपनि स्वास्थ्य क्षेत्रमा कार्यरत अन्य साथीहरुसँग मिलेर ओरल हेल्थ केयर नेपाल नामक संस्था दर्ता गराएका छौं । अब हामीले गर्न सक्ने क्षमतको प्रयोग गर्दै गाउँगाउँमा सेवा बिस्तार गर्ने संस्थाको योजना छ ।
शिब प्रसाद लामिछानेसँगको कुराकानीमा आधारित
Proud of you bro
असल दन्त चिकित्सकको परिचय दिदै ह्निहुन्छ भबिस्य उज्वल होस ।
Nice to read the news... Willing to help if required....
Proud of u Dai.