मनसुनमा रोग लाग्न नदिन आफ्ना बालबालिकालाई यसरी सुरक्षित राख्नुहोस्



Download our app to get more features

नेपालमा यस वर्षको मनसुन प्रवेश गरिसकेको छ । मनसुनका कारण नेपालका अधिकांश क्षेत्रमा पानी परिरहँदा सबै सचेत हुनु आवश्यक छ । 

मनसुनमा बालबालिकाको स्वास्थ्य बारे सचेत नभए यो मौसममा विभिन्न संक्रमण हुनेगर्छ । पानीका कारण हुने  झाडापखाला, टाइफाइट, जन्डिस, भाइरल ज्वरो, निमोनिया जस्ता संक्रमणले यो मौसममा बालबालिकालाई सहजै संक्रमण गर्छ ।

साथै, रुघाखोकी श्वासप्रश्वास सम्बन्धी समस्याले पनि यो मौसममा धेरै बालबालिकालाई दुःख दिइरहेको हुन्छ । बालरोग विशेषज्ञ डा. आन्या शर्माले यस्तो मौसममा बालबालिकालाई कसरी सुरक्षित राख्ने भनेर केही सुझाव दिएकी छन् । जानौं डा. शर्माका सुझावहरू :—

  • झाडा पखाला 
  • निरन्तर हुने वर्षाले हामी खानेपानीमा विभिन्न फोहोरहरू मिसिन सक्छन् । जसमा झाडापखालाका जिवाणु पनि हुनसक्छ । त्यस्तो पानी बालबालिकाले खाएमा उनीहरू संक्रमित हुन्छन् । निम्न लक्षण देखिए झाडापखाला भएको हुनसक्छ । 
  • पातलो दिसा गर्ने ।
  • वान्ता हुने ।
  • शरीरमा पानीको मात्रा कमी हुने ।

टाइफाइटका लक्षण:

  • उज्च ज्वरो हुने ।
  • दुई तीन दिनसम्म ज्वरो आउँदा पनि अरु केहि लक्षण नदेखिने ।
  • निरन्तर पखाला लाग्ने ।
  • कसैकसैलाई पेट दुख्ने ।
  • कसैलाई वान्ता हुने ।

जन्डिसका लक्षण:

  • जीउ आलश्य हुने ।
  • खान मन नलाग्ने ।
  • वाक वाक लाग्ने । 
  • अलिदिनपछिआँखामापहेलो देखिने ।
  • पिसाब पेहेँलो आउने ।

रोकथामका उपाय :

  • घर र वरपरको सरसफाईमा ध्यान दिने । 
  • बालबालिकालाई पनि सफा राख्ने ।
  • पानी उमालेर वा निर्मलीकरण गरेर मात्रै खाने ।
  • बाहिरको खाने कुरा नखाने ।
  • बासी खाना नखाने ।
  • सफा खाना मात्रै खाने ।
  • खाना खानु अगाडि बच्चालाई राम्रोसँग हात धुन लगाउने । 
  • झाडापखाला भएमा जीवनजल खान दिने ।
  • प्रशस्त पानी खान दिने, जसले शरीरमा पानीको मात्रा पुरा गर्छ । 
  • यति गर्दा पनि कम भएन भने तुरुन्त अस्पताल लैजाने । 

उपचार:

  • झाडापखाला लागेमा जीवनजल खुवाउने  ।
  • के कारणले झाडापखाला भएको हो सो अनुसार उपचार गर्नुपर्छ ।
  • झडापखालासहित इन्फेक्सन छ भने एन्टिबायोटिक दिनुपर्ने हुन्छ ।

सुझाव :

  • यो मौसममा स्वास्थ्य र सरसफाई सम्बन्धी साधारण कुरामा पनि अविभावकले ध्यान दिनुपर्छ । 
  • कहिलेकहि रुघाखोकी, झाडापखालाले जटिल रुप पनि लिने हुनाले सधै सचेत रहने । 
  • वर्षातको पानीमा धेरै प्रकारका किटाणु हुने भएकाले बालबालिकालाई उमालेको पानी मात्रै प्रयोग गर्न दिने ।  
Last modified on 2021-06-17 06:40:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts