मधुमेहका रोगी र कोरोना भाइरसको जोखिम: यसरी अपनाउनुहोस् सावधानी



Download our app to get more features

कोरोना भाइरसको दोस्रो लहरले नेपालमा अवस्था नाजुक बन्दै गएको बेला तपाईं सम्भवत कोरोना भाइरसबारे सचेत भइसक्नु भएको छ । कोभिड–१९ नामको यो भाइरसको विश्वव्यापी संक्रमण फैलिरहेको छ । कोरोना भाइरस भाइरसहरूको परिवार हो । जसले श्वासप्रश्वाससम्बन्धी रोगहरु निम्त्याउँछ । ती मध्ये धेरैले जनावरहरूमा बिरामी निम्त्याउँछन् । तर ति मध्ये सात प्रकारको कोरोना भाइरसले मानवमा असर पुराएको देखिएको छ । सार्स कोभिड–२ ती भाइरसहरु मध्ये एक हो । यसले कोभिड–१९ लाई निम्त्याउँछ । सार्स कोभिड–२ अन्य कोरोना भाईसरसँग सम्बन्धित छ जुन मानवमा गम्भीर रोग निम्त्याउँछ । सार्स (गम्भीर तीव्र श्वासप्रश्वास सिंड्रम) मार्स पनि यि मध्ये पर्छन् । कोभिड–१९ हुने बिरामीहरुको मृत्युको जोखिम कम छ र कोरोना भाईरस भएका अधिकांश मानिसलाई तुलनात्मक रुपमा हल्का बिरामी हुने गर्छ ।

विभिन्न चरणमा फैलिँदै गरेको कोरोना महामारीप्रति तपाईं सचेत बन्नबाट थोरै मात्र चुक्दा त्यसले मृत्युको मुखमा धकेल्न सक्छ । विशेषगरी दीर्घरोगी, बालबालिका लगायत सबै उमेर समूह र व्यक्तिलाई यसले क्रमशः प्रभावित बनाउँदै गएको हुँदा हामीले सावधानी अपनाउनु नै उत्तम विकल्प हो । 

सामान्यतः मधुमेह भएका मानिसलाई गम्भीर लक्षण र जटिलता धेरै हुन्छ । मधुमेह भएका व्यक्तिहरु मुख्यतः खराब नतिजाहरुको समस्या हो, भाइरस संकुचनको बढी सम्भावना होइन । चीनमा मधुमेह भएका व्यक्तिहरु, क्यान्सर वा दीर्घ फोक्सो रोग, मुटुरोग भएका व्यक्तिहरुमा यस रोगबाट मृत्यु दर उच्च थियो । सम्भावित कारण प्रतिरक्षा प्रणाली हो, जसले शरीरलाई रोग लागेपछि रोगसँग लड्न सक्ने क्षमता बढाउँछ । ती प्रणाली यी व्यक्तिहरुमा कमजोर हुन्छ र गम्भीर नतिजालाई निम्त्याउँछन् । रगतमा चिनीको प्रबन्ध गर्न तपाईंको चिकित्सक वा मधुमेह हेरचाह टोलीसँग काम गर्दा प्रतिरक्षा प्रणालीलाई ठिकसँग कार्य गर्न मद्दत पुर्याउँछ र समग्र स्वास्थ वृद्धि गर्छ । अहिलेसम्मको कोभिड–१९ ले धेरै प्रकारको मधुमेह बिचमा कुन प्रकारले धेरै जटिलतामा भिन्नता राख्ने देखाएको छैन ।

मधुमेहमा पनि हात धोउ, अनुहार नछोउ र बिरामी भए घरमा बस भन्ने जस्ता कुराहरुलाई पालना गर्नुपर्छ । जहाँ मानिसलाई घरमा बस्न आग्रह गरिन्छ । त्यसैले नियमलाई पालना गर्न उत्तम हो र परेको खण्डमा चिकित्सकको सल्लाह लिन उचित हुन्छ । बुझेको छैन भने सोध्नुहोस्, सकिएन भने मद्दत माग्नुहोस् । निश्चित गर्नुहोस् की तपाईलाई आवश्यक औषधिहरु तपाईसँग प्रर्याप्त मात्रामा छन् । यो औषधिहरुमा पछाडि पर्ने समय होइन ।

बिरामी हुनुअघि, योजना बनाउनुहोस् :

  • सबै भन्दा नराम्रोको लागि तयार हुनु महत्वपूर्ण छ । तयार हुनको लागि पूर्ण भण्डारन गरिएको बिरामी डेकिट तयार गर्नुहोस् । त्यसमा निम्न विषय समाबेस गर्नुहोस् :
  • तपाईंको चिकित्सकहरूको (चिकित्सक नभएमा एक प्राथमिक हरेचाह चिकित्सक, मधुमेह हेरचाह टोली अथवा मधुमेह शिक्षक) को नाम र फोन नम्बर सुरक्षित राख्नुहोस् ।
  • तपाईंले लिई राख्नु भएको सक्रिय इन्सुलिन, औषधि र खुराक सुची र भिटामिनहरु भण्डारन गर्नुहोस् ।
  • एक कार्ड वा रंगीन पोस्टर बोर्डको टुक्रा आफ्नो खल्टीमा राख्नुहोस् अथवा एउटा ब्रासलेट, नेक्लेस वा अन्य पहिरनयोग्य ट्याग जसले तपाईलाई मधुमेह भएको जनाउँछ सो को प्रयोग गर्नुहोस् ।
  • तपाईं बिरामी भएको बेलामा मधुमेह उपचारमा हुने कुनै परिवर्तन बारेमा उपचार गर्न समयमै चिकित्सलाई सोध्नुहोस् ।
  • परेको खण्डमा उपचार गर्नको लागि कम कार्बोहाइड्रेटको स्रोत भएको खाना अरु खाना भन्दा अलग राख्नुहोस् ।
  • सबैले सोध्छन् कि यो कदम सजिलो छ तर यदि घरमा अरु कोहिले तपाईंलाई गाह्रो परेका बेलामा खानको लागि राखेको खाना खान्छन् भने के हन्ुछ । त्यसैले तिनीहरुलाई अगल राख्दा सुरक्षित हन्ुछ र चाहिएको बेलामा उपलब्ध हुन्छ ।
  • साबुन, रक्सीमा राखेको कपासको गोला, ह्याण्ड स्यानिटाईजर, ग्लुकोमिटर, ग्लुकोज नाप्ने स्ट्रिप, टिस्यू पेपर आफुसँग सुरक्षित राख्नुहोस् ।

पर्याप्त घरेलु वस्तुहरु तथा किराना सामानहरु संचित गर्नुहोस् जसले गर्दा तपाईंलाई घरमा बस्न आग्रह गरेमा वा घर बस्नु परेमा तपाईंलाई मद्दत पुर्याउँछ ।

बिरामी हुन भन्दा पहिले लक्षणहरु कसरी घरमै बसेर उपचार गर्ने भनेर जान्नु राम्रो हुन्छ, जसमा ज्वरो, खोकी, श्वास लाग्ने समस्या र पेटसम्बन्धी लक्षणहरु हुन् । यी लक्षणहरु विश्व स्वास्थ्य संगठनको अनुसार किटाणुको सम्पर्कमा आएको २ देखि १४ दिनपछि देखा पर्छ । यस्ता लक्षणहरु अरु रोगमा पनि पाउने भएको हुँदा यि समस्याहरु घरैमा उपचार गर्नको लागि तपाईंलाई कुन औषधि लिन र सजिलैसँग पाउन सकिन्छ ति औषधिहरु घरमा सुरक्षित राख्नुहोस् । औषधिमा लेवलहरु पढ्न महत्वपूर्ण हुन्छ  । किनभने यसले एकै प्रकारका औषधिहरु दुईटा पर्नबाट बचाउँछ । केहि औषधिहरुले रगतमा रहेको चिनीको मात्रालाई असर गर्न सक्छ । रुघा लागेको बेलामा खाने औषधिहरुले रगतको ग्लूकोज बढाउन सक्छ ।

ठूला मात्रामा एस्पिरिन (रगत पातलो बनाउने औषधि) ले रगतमा चिनीको मात्राको स्तर कम गर्न सक्छ । एसिटामोर्फिन (दुखाई कम गर्नको लागि खाने औषधि) ले ग्लूकोमिटरमा गलत वा सहि नतिजा न देखाउन सक्छ, इबुप्रोफेन (दुखेको बेला खाने औषधि) ले सावधानीपूर्वक चलाउनु पर्छ । किनकी इन्सुलिन लिइरहेको ब्यक्तिलाई यो औषधिको मात्रा बढी भयो भने हाइपोग्लाइसेमिया हुने सम्भावना हुन्छ ।

दैनिक सावधानी अपनाउनुहोस् :

  • बिरामी व्यक्तिहरुसँग नजिकको सम्र्पकबाट टाढा रहनुहोस् ।
  • हातहरु सफा गर्नुहोस् । कम्तीमा २० सेकेण्डसम्म साबुन र पानीले हात धुनुहोस् (यसका लागि अहिलेनेपाल सरकारले निकालेको हात धुने प्रक्रिया पालना गर्नुहोस् ।) विषेशगरि सिंगान फालिसकेपछि खोकी वा हाछ्यूं गरेपछि वा सर्वजनिक ठाउँमा गएपछि ।
  • यदि साबुनपानी उपलब्ध छैन भने ह्याण्ड सानिटाईजर प्रयोग गर्नुहोस् । जसमा कम्तिमा ६० प्रतिशत रक्सी समावेस भए राम्रो ।
  • सम्भव भएसम्म सर्वजनिक स्थलहरु (लिफ्टका बटनहरु, ढोकाका ह्याण्डलहरु आदि) मा नछुनुहोस्, सकेसम्म ब्यक्तिहरुसँग हात मिलाउने नगर्दा राम्रो । यदि तपाईंले केही कुरा छुनु पर्छ भने आफ्नो हात वा औला छोप्नको लागि कुनै टिस्यू पेपर प्रयोग गर्नुहोस् । टिस्यू पेपरलाई त्यसपछि ठाउँमा फाली दिनुहोस् ।
  • सार्वजनिक ठाउँमा सतहहरु छोएपछि आफ्ना हातहरु धुनुहोस् ।
  • तपाईंको अनुहार नाक, आँखा इत्यादिमा हात राम्रोसँग नधोइकन नछुनुहोस् ।
  •  किटाणुहरु हटाउनको लागि तपाईंको घर सफा र किटाणुरहित गर्नुहोस् । बारम्बार छुने सतहहरु (टेबलहरु, ढोकाका ह्याण्डलहरु, लाईट स्विचहरु, शौचालयहरु र मोवाईलफोनहरु) नियमित सफा राख्नुहोस् ।
  • भीडबाट जोगिनुहोस, विशषेगरि राम्रो हावा नचल्ने ठाउंमा कोभिड–१९ जस्ता श्वासप्रश्वासको विषाणुहरुको जोखिम तपाईंको भीडमा बिरामी परेका मानिसहरु छन् भने, थोरै हावा सर्कुलेनको साथ बन्द इन सेटिङ्गमा बढ्न सक्छ ।
  • हवाई यात्रा सहित सबै अनावश्यक यात्रालाई क्यान्सिल गर्नुहोस । (यदि तपाईलाई मधुमेह छ र विदेश जांदै हुनुहुन्छ र कोरोना भाइरसको सम्पर्कमा आएको जस्तो लाग्छ भने सल्लाह लिनुस र नेपाल सरकारको नियम पालना गर्नुहोस ।
  • संक्रमित ब्यक्तिहरुबाट बच्नको लागि अनुहारमा मास्कको प्रयोगको सिफारिस गरिन्दैन तर संक्रमित भएका ब्यक्तिले मास्कको प्रयोग गर्न अत्यन्त जरुरी छ । तर अनुसन्धानकर्ताको अनुसार केहि नलगाउनु भन्दा मास्क लागाए रोगसँग बच्ने प्रतिक्रिया र मनोबल बढ्न सक्छ ।
  • सास फेर्न गाह्रो वा सास प्रणालीमा गाह्रो हुन ।
  • छातीमा लगातार दुखाई वा दवाव हुनु ।
  • नयां भ्रमहरु आउनु । 
  • ओठ वा अनुहार नीलो हुनु ।

विश्व स्वास्थ्य संगठनका  अनुसार, केहि ब्यक्तिले दुखाई, नाक बन्द, नाकमा दुखाई, घांटी दुखाई वा पखाला अनुभव गर्न सक्छन् । यद्यपि यि लक्षणहरु बिरामिको थालनी पछि विस्तारै बढ्दै जान्छ । यदि तपाई लक्षणहरु विकास गर्दै हुनुहुन्छ जस्तो लाग्छ भने तपाई घरमा बस्नुहोस्, आराम गर्नुहोस् र तपाईंको औषधि खान जारी राख्नुपर्छ । चिकित्सकसँग नभेट्नु हुन नेपाल सरकारले अनुरोध गरेको छ, यी लक्षणहरु देखिएको बिरामीहरुको जाँच गर्न छुट्टै अस्पताल वा स्वास्थ संस्था तोकिएका छन् । यदि सक्नु भएन भने आफ्नो चिकित्सकलाई फोनबाट सम्पर्क गरि सल्लाह लिनु होला । कृपया ध्यान पुर्याउनुहोस् यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिलाई चाँडै सर्न सक्ने क्षमता भएकोले यि पाईला चालिएका हुन् । यदि सक्नुहुन्छ भने औषधिको लागि फार्मेसीमा पनि नजानुहुन अनुरोध गरिन्छ । सक्नुहुन्छ भने तपाईंको औषधिको लागि पुर्याउन सक्ने डिलर पत्ता लगाई सम्पर्क राख्नु होला ।

यहाँ केहि सामान्य सल्लाहहरु छन्, जुन प्रत्येक व्यक्तिको लागि फरक हुन सक्छ :
यदि तपाईंलाई मधुमेह छ र तपाईं कुनै पनि कारणले अस्वस्थ हुनु भयो भने बिरामी दिनका नियमहरु पालना गर्न महत्वपूर्ण हुन्छ । सामान्य विरामी दिनका नियमहरु तल सूचिबद्ध छन् 

यदि तपाईं नियमित रुपमा रगत चिनी घरमै जाँच गर्नुहुन्छ भने सायद तपाईले धेरै पटक गर्नुभए राम्रो । यो तपाईको सामान्य औषधिहरु र इन्सूलिन कसरी प्रयोग गर्नुहुन्छमा निर्भर गर्दछ । यदि तपाई बिरामी हुनुहुन्छ भने रगतको चिनीमा ध्यान दिनुहोस, रोगले रगतमा चिनीको मात्रा बढाउन सकिन्छ, यसले गम्भीर जटिलताहरु निम्त्याउंछ जुन भाइरस संग लडन शरिरको क्ष्ँमतालाई कमजोर गर्दछ । मधुमेह भएको मानिसहरुमा उनीहरुका मधुमेहको औषधिको मात्र होइन सम्बन्धित औषधिहरु जस्तै कोलस्टोर, रक्क्तचापको स्तर कम गर्नका लागि पनि औषधि खान जरुरी छ । 

स्वास्थ स्थितिको प्रबन्धन गर्न राम्रो स्वस्थको लागि महत्वपूर्ण छ । यदि तपाईले चिनीको मात्रा कम महशुस गरि रहनु भएको छ (रगतको चिनी ७० मिलिग्राम/डिसि लिटर वा तपाईलाई तपाईको चिकित्सकले दिनुभएको लक्षित दायरा भन्दा कम) भने मह, जाम, चकलेट, जुस जस्ता पचाउन सजिलो १ ग्राम सरल काब्र्स (carbs) खानुस र पुन १५ मिनेट पछि रगत जांच गर्नुहोस । यदि चिनीको मात्रा कम नै छ भने यो प्रकृया फेरि दोहराउनुस । दिन र रातमा आफ्ना चिनीको मात्र निगरानी गर्नुहोस ।

यदि तपाईंलाई टाइप १ मधुमेह छ भने, रगतमा चिनीको मात्र कम्तिमा प्रत्येक ६ घण्टामा जांच गर्न उचित हुन्छ । यदि तपाईको रगतमा चिनीको मात्र उच्च (२५० मिलिग्राम/डिसि लिटर भन्दा बढी) लगातार २ पटक भन्दा बढी भएको छ, डिहाइड्रेसन र अधिक द्रुत श्वासको साथ फलफुल कुहिएको जस्तो अमिलो गन्ध छ भने, शरिरको केटोन हटाउन कोशिस गर्दैछ । यो लक्ष्ँण मधुमेहको जटिलता को हो । यस्तो अनुभव गर्नु भए चिकित्सक वा कुनै अस्पतालको आपतकालिन विभागमा सम्पर्क राख्नुहोला ।

यदि तपाई आफ्नो रगतमा चिनीको स्तर घरमा जांच गर्नुहुनुहुन्न भने निश्चित गर्नुहोस कि तपाईलाई हाइपरग्लाइसेमिया, लक्षणहरु — विशषे गरि रातमा सामान्य भन्दा बढी पिसाब हुने, धेरै तिर्खाउने, धेरै भोक लाग्ने, थकान र सुस्त हनु, टाउको दुख्ने) र हाइपोग्लाइसेमिया, लक्ष्ँणहरु — जिउ काम्ने, रिङ्गटा लाग्ने, पसिना धेरै आउने, अधिक भोक लाग्ने, चिन्ता लाग्ने, टाउको दुख्ने) लक्षणहरु देखा परको छैन यदि यि लक्ष्ँणहरु देखिएमा चिकित्सककोमा सम्पर्क गर्नुहोला ।

हाइड्रेटेड रहनुहोस — पानी वा गुलियोनभएकोपिय पदार्थहरु सकेसम्म धरेैपिउनुहोस् । यदि तपाई पिउन रुचाउनु हुन्न भने हरेक १५ देखि ३० मिनेटमा दिनभर अलि अलि गरेर पिउन सक्नुहुन्छ ।

खान र पिउन जारी राख्नुहोस — यदि तपाईंले खाना खान सक्नुहुन्न भने, थोर—थोरै मात्रामा खाजा वा अरु पिय पदार्थहरु सेवन गरेमा तपाईको उर्जालाई मद्दत पुर्याउंछ । सुगन्धित

पेय पदार्थ (जस्तै फलफुलको रस वा कागती पानी) चुस्न कोशिस गर्नुहोस । यदि तपाई बान्ता गर्दै हुनुहुन्छ वा तरल पदार्थहरु पिउन सक्नुहुन्न भने सके सम्म चांडो चिकित्सकको सहयोग लिनुहोस ।

यदि रगतमा चिनीको मात्रा राम्रो छ भने पहिले जस्तो मधुमेह आहार लिन शुरु गर्नुहोस् र सामान्यतया गरि रहनुभएको व्यायाम सुचारु राख्नुहोस । 

यदि तपाईको चिकित्सकलाई कोरोना भाइरस पत्ता लागेको छ यसो भएमा तपाईले तपाईको चिकित्सकलाई हप्ता दिन अगाडीसम्म भेट्नु भएको छैन भने तपाईंलाई कोरोना भाइरसको लाग्ने सम्भावना कम छ । यदि तपाईं तपाईंको चिकित्सकको सम्पर्कमा आउनु भएको छ भने, तपाईंलाई दिइएको सल्लाह अनुसार गर्नुपर्छ किनभने तपाईं कोरोना भाइरसको प्रभावमा पर्नुभएको छ । 

यदि तपाईंलाई लाग्छ कि तपाईं घरमै आफ्ना लक्षणहरुको सामना गर्नु सक्नु हुन्न तपाईंको अवस्था दिनप्रति दिन नराम्रो हुँदैछ वा लक्षण भएको सात दिनपछि पनि नियन्त्रणमा आएको छैन भने, आफ्नो चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ। चिकित्सकलाई कल गर्नुहुन्छ मधुमेह भएका बिरामीहरुलेः

ग्लूकोमिटर आफ्नो साथमा राख्नुहोस :

  • तपाईंको तरल पदार्थ उपभोगको ट्याग राख्नुहोस (तपाईं एक लिटको पानिको बोटल प्रयोग गर्न सक्नुहुन्छ)
  • तपाईंका लक्षणहरुको बारेमा स्पष्ट भन्नुहोस् ।
  • मधुमेह कसरी व्यवस्थापन गर्ने बारेराम्रोसँग बुझ्नुहोस
  • सकेसम्म छोटो कुरा गर्नुहोस
  • मधमुेह भएका व्यक्तिहरुले सक्नु हुन्छ भने ङ्खलू ९ँगि० को भ्याक्सिनहरु लिंदा राम्रो हुन्छ । यसले कोभिड_१९ को विरुद्ध केहि काम गर्दैन तर यसले अरु ङ्खलूको लक्षणहरुको गम्भीरतालाई कम गर्दछ 
  • स्वस्थ हनु मद्दत पुर्याउनुको साथै कोभिड १९ र पुराना गम्भीर फोक्सोका रोगहरु छुटाउन चिकित्सकलाई मद्दत पुर्याउन सकिन्छ ।

सारांश :
मनिसहरुलाई श्वास प्रणालीको रोग फैलन रोक्नको लागि आफु अलग्ग बस्दा राम्रो हुन्छ । त्यसकारण आफुलाई समयमा नै तयार पार्नु बुद्धिमानि हुन्छ । यदि तपाईंलाई घर बस्न परेमा आवश्यक छ भने तपाईंसंग पर्याप्त औषधि र आवश्यक बस्तुहरु सुरक्षित राख्ने ।

सामान्यत यो रोग एक ब्यक्तिबाट अर्को व्यक्तिमा चांडै फैलिने सम्भावना धेरै छ । यदि तपाई कसैसंग ६ फिट भन्दा टाढा हुन भयो भने यो रोग लाग्ने तपाईंलाई सम्भावना कम हन्ुछ ।

यो रोग रोक्नको लागि नेपाल सरकारले लगाइको नियम पालना गर्ने ।

औषधिको सामान्य तालिका जारी राख्न पहिले भन्दा बढी महत्वपूर्ण छ ।

शिक्षित रहनुहोस् ।

 

(डा. श्रेष्ठ नेपाल डाइबिटिज, इन्डोक्राइनोलोजी तथा फिजिसियन सेन्टर र शंखमुल हेल्थकेयरमा कार्यरत छन् ।)

Last modified on 2021-05-03 09:44:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts