बालबालिकालाई लगाउनैपर्ने खोपहरु



Download our app to get more features

नेपालमा सञ्चालित खोप कार्यक्रम जनस्वास्थ्यको सबैभन्दा सफल कार्यक्रमको रुपमा लिइन्छ । रोग लाग्न भन्दा लाग्न नदिनुु उत्तम उपाय हो । रोग लाग्नबाट बचाउनका लागि हाम्रो शरीरमा रोग विरुद्धको प्रतिरोधात्मक शक्ति बढाउन खोपले काम गर्दछ । नेपालमा विभिन्न संक्रमणजन्य भाइरस  तथा ब्याक्टेरिया विरुद्ध विभिन्न प्रकारका खोपहरु उपलब्ध छन् । खोप दिएर रोगसँग शरीरको प्रतिरोधक क्षमता बढाउने प्रक्रियालाई भ्याक्सीनेसन वा इम्युनाइजेसन पनि भनिन्छ ।

खोप अनुसार मासुमा, छालाभन्दा भित्र र छालामा दिइन्छ । कुनै कुनै खोपहरु लाईभ भ्याक्सीन हुन्छन् । जिवीत ब्याक्टेरिया वा भाइरस जीवहरुको अंश राखेर दिइन्छ । जस्तै बिसिजी, दादुरा विरुद्धको खोप, यसमा ब्याक्टेरिया वा भाइरसका कणहरु जसले त्यो विरुद्ध प्रतिरोध शक्ति उत्पादन गर्न सक्छ । नेपालमा सन् १९७७ देखि खोप अभियान सुरु भएको हो । अहिले ११ वटा रोगविरुद्ध बालबालिकालाई खोप दिइँदै आएको छ । पुरै खोपको मात्रा पु¥याउँदा सरकारले प्रतिबच्चा ४ हजार रुपैयाँ खर्चिने गरेको छ ।
सरकारी स्तरमा विभिन्न ११ प्रकारका निशुःल्क खोपहरु उपलब्ध छन् ।  
– क्षयरोग विरुद्धको बीसीजी जन्मनासाथ देखि महिना दिनभित्र दिईन्छ 
– लहरेखोकी वा भ्यागुते रोग विरुद्धको खोप, धनुष्टंकार,हेपाटाइटिस बि र हेमोफिलस (हिब)को खोप  हप्तामा ६, १० र १४ हप्तामा  दिइन्छ ।  
– पोलियो इन्जेक्टेवल १४ हप्तामा दिइन्छ ।  हाल यो वाई भ्यालेन्ट पोलियो भएको छ ।   
– निमोनिया विरुद्धको पिसिभी १० खोप  ६ हप्ता, १० हप्ता र ९ महिनामा लगाइन्छ । 
– दादुरा, रुवेलाको खोप बालबालिका ९ महिना भएपछि दिइन्छ र दोस्रो मात्रा १५ महिना मा दिइन्छ ।

– जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप १२ महिनामा दिइन्छ । 
– १५ महिनाको उमेरमा दादुरा, रुवेलाको दोस्रो मात्रा दिनुपर्छ । 


माथि उल्लेखित खोपहरु नेपाल सरकारले तोकिदिएको केन्द्रहरुमा निःशुल्क पाउन सकिन्छ । सबै खोपहरुको प्रभावकारीता एकै प्रकारका हुदैनन् । 
साथै कास्की र चितवनमा पाइलोटिङको रुपमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपिभी भ्याक्सिन स्कुल पढ्दै गरेका किशोरीहरुलाई दिन सुरुवात गरिएको छ । 
बाल मृत्युदर घटाउन विभिन्न उमेर समुहका बालबालिकालाई खोप दिने गरिन्छ । कुनै बेला महामारीका रुपमा फैलिने बिफर र दादुराजस्ता रोग विरुद्धको खोप अहिले देखिंदैनन् । बेला बेलामा चलाइएका खोप अभियान र सचेतनाले महामारीजन्य रोगको सक्रमण अहिले धेरै हदसम्म कम हुँदै गएको छ । जसको असर बालमृत्युदर घटाउन निकै सकरात्मक देखिएको छ ।
खोपले ५ वर्ष मुनिका बालबालिकाको मृत्युदरमा कमी ल्याउन योगदान र्पुयाएको छ । यसले विश्व मानचित्रमा नेपालको अवस्थालाई निकै राम्रो देखाएको छ ।
सरकारले निःशुल्क रुपमा उपलब्ध गराएका बाहेक विभिन्न प्रकारका अन्य खोपहरु पनि उपलब्ध छन् । जसलाई ऐच्छिक खोपका रुपमा लिइन्छ । ऐच्छिक खोपहरुको खर्च व्यक्ति स्वयंले बेर्होनुपर्छ भने यस्ता खोपहरु महंगा पनि हुन्छन् । पैसा खर्च हुने हँुदा यस्ता खोपहरु ऐच्छिक खोपका रुपमा वर्गिकरण गरिएको हो ।


– रुघाखोकी गराउने भाइरस विरुद्धको खोप वा फ्लु भ्याक्सिनः यो खोपलाई ऐच्छिक खोपको रुपमा लिइन्छ । फ्लु भ्याक्सिन ६ महिनाभन्दा माथि उमेर भएका बालबालिकामा लगाउन सकिन्छ । यो खोप विशेषगरी रोग विरुद्धको क्षमता कम भएका इम्युनो डेफिसियन्सी, मुटु रोग, मधुमेह, दमरोग भएका बालबालिकामा लगाउनु पर्छ । यो खोप सिजनल भाइरस विरुद्धको खोप भएको हुँदा वर्षेनी लगाउनु पर्ने हुन्छ ।   
– रोटा भाइरस ‘डायरीया’ विरुद्धको खोपः यो खोप विशेषगरी एकवर्ष मुनिका बालबालिकालाई झाडापखाला गराउने विरुद्ध २ वा ३ मात्रा दिन सकिन्छ । यो खोपले बालबालिकामा कडा खालको संक्रमणका रोटा भाइरसबाट बचाउँछ । यो खोप छ हप्ता देखि ८ महिना भित्र लगाई सक्नुपर्छ । रोटा भाइरसले हुने झाडापखाला ७५ प्रतिशतसम्म कम गर्ने यो खोप भने मुखबाट खुवाँउन मिल्छ । 

– डिपिटि विरुद्धको खोपको बुस्टर डोजः  डिपिटी विरुद्धको खोपको बुस्टर  १५ महिना देखि १८ महिना र ४ देखि ६ वर्षमा वुस्टरका रुपमा पनि दिन सकिन्छ । 

– हेपाटाइटिस ए विरुद्धको खोपः पानी वा खानाबाट सर्न सक्ने जन्डीस गराउने हेपाटाइटिस विरुद्धको खोप लगाउन सकिन्छ । जन्डीस भएर ज्यान नै जान भएको हुदा यो खोप बालबालिकामा १२ महिना देखि २ वर्ष सम्मको उमेरमा दिन सकिन्छ ।

– मेनिङ्गोकोकल विरुद्धको खोप ः मेनेन्जाइटिस गराउने ब्याक्टेरिया मेनिङ्गोकोकल एसीवाइ विरुद्धको खोप ऐछिच्क खोपको रुपमा रहेको छ । यो खोप २ वर्ष देखि १८ वर्ष उमेरसम्मका व्यक्तिमा लागाउन सकिन्छ । यो खोपले मस्तिष्क ज्वरो हुनबाट बचाउँछ । 

– ठेउला वा चिकेनपक्स (भ्यारिसेला) विरुद्धको खोपः यो खोप बालबालिकामा हुने ठेउला विरुद्धमा दिइन्छ । यो खोप १२ महिना पछि र दोस्रो चार देखि छ बर्षको उमेरमा गरी  बालवालिकामा दुई पटकसम्म दिनुपर्छ । 
– हाडे वा गलफूला(मम्स) विरुद्धको खोपः यो खोप धेरै जसो दादुरा रुबेलासँग मिलेर आउने हुदा (MMR) यसले दादुरा रुबेला भाएरल इन्फेक्सनबाट बचाउन प्रभावकारी मानिन्छ । यो खोप बालबालिकामा १५ महिना पछि दिन सकिन्छ । 

– ह्युमन प्यापिलोमा भाइरस(एचपिभि) विरुद्धको खोपः  कास्की र चितवनमा पाइलोटिङको रुपमा लिइएको विशेषगरी महिलाहरुको ज्यान नै लिने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि विरुद्धको खोप कक्षा ६ मा बड्ने वा १० वर्षका किशोरीहरुलाई दिन सुरुवात गरियतापनि यो खोप ऐच्छिक खोपको रुपमा लिन सन्किछ । 

– टाइफाइड विरुद्धको खोपः विशेषगरी दूषित खाना र पानीको माध्यमबाट सर्ने टाइफाइट गर्मी मौसमा धेरै देख्न पाइन्छ । टाइफाइड विरुद्धको खोप २ वर्ष उमेर पुगेका बालबालिकामा लगाउनु पर्छ । 
यी बाहेक कलेरा विरुद्धको खोप, जापानीजइन्सफालाइटिस विरुद्धको खोप, रेबिज विरुद्धको खोप आदि उपलब्ध छन् भने इवोला विरुद्धको खोप लगायत अन्य खोपहरु विकास तथा अनुसन्धानका क्रममा रहेका छन् । ऐच्छिक खोपहरु हरेक स्थान अनुसार प्रभाकारितामा फरक पनि पर्न सक्छ । 
खोप लगाइसकेपछि सामान्य ज्वरो आउने, एलर्जी हुने जस्ता समस्या देखिने हुदा एक घण्टा सम्म सम्बन्धित खोप केन्द्र मा  बसेर घरजानु उत्तम मानिन्छ । 
साथै यो विभिन्न खोप हरु लगाउदा बालरोग बिशेशाग्य संग सल्लाह हरि शित चक्र कोल्डचेन (
COLD CHAIN) ठिक भए नभए को यकिन गरि लगाउनु पर्छ ।
साथै कुनै पनि खोप शत प्रतिशत पूर्ण प्रतिरोधात्मक हुदैनन् भन्ने पनि बुझ्नु जरुरि छ ।

Last modified on 2016-07-24 15:56:10

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts